हर घरमा पानीसँगै अधिकार र अवसर

सम्पादकीय
यथास्थितिवादी र अग्रगामी सोच, पात्र र प्रवृत्तिका बीचमा देशमा लामो समय बहस र विवाद मात्र होइन । १० वर्ष बढी सशस्त्र युद्ध अर्थात संघर्ष चल्यो । यो विद्रोहमा मात्र सिमित रहेन, मुलुकमा २०४६ सालपछिको अर्को ऐतिहासिक जनआन्दोलन समेत भयो ०६२÷६३ मा । जसका कारण लामो समय देशमा शासन गरिरहेको राजतन्त्र ढल्यो र नेपालमा गणतन्त्र स्थापना भयो । त्यस समयमा संघीय गणतन्त्र नेपालको नारा या बहस कसैले लगाउँदा धेरैका लागि त्यो स्वैरकल्पना मात्र थियो अर्थात् यसको पक्षमा वकालत गर्नेहरुलाई मानिस गिज्याउँथे । तर, समय बदलियो, पात्र बदलिए, देशमा व्यवस्था बदलियो । र अहिले मुलुकमा संघीय, प्रदेश र स्थानीय तह गरेर तीन तहको सरकार छ ।

देशमा लामो संघर्ष पश्चात व्यवस्था बदलिए पछि नागरिकको स्वभाविक सरकार प्रति अपेक्षा र महत्वकांक्षा बढी नै थियो । तीन तहको सरकार बने सँगै गज्जबको नारा सहित अभ्यास पनि थालनी भयो । गाउँ गाउँमा सिहंदरबार, घर घरमा अधिकार । संघीय अभ्याससँगै केही अधिकार र अवसर गाउँ तह सम्म आए पनि । अहिले साना कामका लागि शहर बजार र सदरमुकाम हजारौ खर्चेर धाउनु पर्ने बाध्यताको त अन्त्य भएको छ । विगतका दुई दशकमा जे जस्तो दुर्दशा थियो, त्यसमा उल्लेख्य सुधार पनि भएको छ । गाउँ गाउँमा विकासका उभार पनि आएको छ । गाउँ गाउँ टोल टोल र घर घर सम्म बाटोघाटो पनि पुगेको छ । नागरिकको आधारभूत आवश्यकताको रुपमा रहेको यातायातदेखि अहिले तीन तहको सरकारको पहल र समन्वयमा घर घरमा खानेपानी पु¥याउने काम पनि धमाधम भइरहेको छ । बागलुङ जिल्लाकै धेरै गाउँमा पछिल्लो तीन वर्षमा एक घर, एक धारा कार्यक्रम अन्र्तगत पिउने पानी पुगेको छ ।

संघीयता या अहिलेको तीन तहको सरकारको भुमिका, आवश्यकता र औचित्यका बारेमा आजको दिनमा पनि बेला बेला बहस हुने गरेको छ । स्वभाविक रुपमा तीन तहको सरकार हुँदा केही खर्चिलो त छ नै । यसलाई देशको अर्थव्यवस्थाले दीर्घकालिन रुपमा धान्न सक्ने नसक्ने प्रश्न पनि बिद्यमान छ नै । तर, तीन तहको सरकारको आवश्यकता र औचित्य बेला बेलामा प्रदेश र स्थानीय सरकारले पुष्टि गरिरहेका छन् । मानव सभ्यतामै पहिलो पटक जटिल संकटका रुपमा हाम्रा सामु बिद्यमान कोरोना संकटको जोखिम रोकथाम, नियन्त्रण र व्यवस्थापनमा स्थानीय सरकारको भुमिका अभूतपुर्व छ । संघीय सरकारले कोरोना संक्रमितको निशुल्क उपचार आफै गर्नु भनिरहेका बेला प्रदेश सरकारले आफ्ना नागरिकको निशुल्क उपचार गर्ने उद्घोष सहित नागरिकका बीचमा प्रदेश सरकारको औचित्य पुष्टि गर्ने र अपनत्वबोध गराउने प्रयास जारी राखेका छन् । अबका दिनमा पनि तीनै तहको सरकारले नागरिकका महत्वकांक्षी सपनालाई अधिकतम पुरा गर्ने गरी खराब पात्र र प्रवृत्तिलाई निरुत्साहित गर्दै घर घरमा पानी मात्र होइन, अधिकार,रोजगार र अवसरलाई पनि पु¥याउन नेतृत्वदायक भुमिका निर्वाह गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *