सोरठी नचरी संरक्षण गर्दै बिरकोटका मगर समुदाय

थम्मन थापा, गलकोट
गाउँघरका पुराना पुख्यौली सँस्कृति अहिले लोपोन्मुख अवस्थामा छ । सँस्कृतिको पुस्तान्तरण अहिले नेपाली समाजको सबै भन्दा ठुलो समस्या हो । तर, गलकोट नगरपालिका ८ काँडेबास बिरकोटका मगर समुदाय आँफ्ना परम्परागत सँस्कृति जिवन्त राख्न अहिले पनि प्रयत्नशिल छन् । दर्लामी मगर, सलामी मगर र बुढाथोकी मगरहरुको बाहुल्यता रहेको उक्त गाउॅ कला संस्कृतिको धनी ठाउॅ हो । विशेष गरि महान चाड तिहारमा गाईने सोरठी देउसी भैलो यस गाउँको विशेषता हो । संस्कृति संरक्षण मञ्च नामक सामाजिक संस्थाले कला संस्कृतिको संरक्षण र जगेर्ना गर्दै जिवन्त राख्न नेतृत्वदायक पहल थालेको छ ।

बिरकोट मगर समाज र गैरी गाउॅ आमा समुह बिरकोटले त्यसमा सहकार्य गरिरहेको छ । मञ्चले स्थानिय देउसी भैलो र सोरठीलाई संरक्षण गर्न गाउॅमै सुटिङ युनिट ल्याएर नचरी भाग १, भाग २, भाग ३ हुॅदै अहिले भाग ४ छायाङ्कन गरेको छ । गाउॅकै कला संस्कृतिलाई झल्काउने गरि भिडियो तयार पारिएको छ । भाग ३ सम्मका सबै गिति एल्वम सार्वजनिक भईसकेको छ भनें भाग ४ यो तिहार अगावै सार्वजनिक गर्ने तयारी छ ।

मगर समुदायमा यसै पनि कला संस्कृति र सभ्यतामा धनी मानिन्छ । कला गलाले भरिपुर्ण कलाकारहरु यो समुदायमा जन्मेका छन । तिहारमा खेलिने देउसी भैलो सोरठीलाई डिजिटल प्रविधिको यो जमानामा सदैव जीवित राख्न र बुढापाकाले कला संस्कृतिलाई पछिल्लो पुस्तालाई पुस्ता हस्तान्तरण गर्न त्यस तर्फ आकर्षित गर्न आँफुहरु प्रयासरत रहेको संस्कृति संरक्षण मञ्च कॉडेबासका अध्यक्ष डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

रामायण, कृष्ण चरित्र, तिहारमा भाई टीकाको महत्व, दिदीभाईको सम्बन्ध, १४ औं शताब्दीका पाल्पा बल्ड्याङगढीका लोकप्रिय राज बलि हाङको पाला देखि तिहारमा भाई टीका सुरु भएको किंवदन्ती रहेको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिनुभयो । स्वर्गको यमराजले त्यि राजालाई लिन आउने र स्वर्गमा लाने कुरा प्रजाले थाहा पाए सॅगै तिहारे औंशीमा त्यि राजाको सु-स्वास्थ्य, दीर्घायुको कामना गरेर चोखो निष्ट गरि बसेको अनि प्रजाको राजा प्रति देखाएको माया अनि व्यवहार देखेर पछि यमराजले राजालाई केहि गर्न नसकेको र पछि त्यहि खुसीयालीमा राजाले जनतालाई ३ दिन ३ रात दीपावली गरि मिठा परिकारहरु खाएर खुसीयाली मनाउन अनुरोध गरेको र त्यहि बेला देखि दीपावली मनाउन सुरु गरिएको जस्ता विषयवस्तु नचरी एल्वम अन्तरगत देउसी भैलो र सोरठी गीतमा समावेश गरिएको छ ।

तिहारमा भाई टीका लगाउन भाई दिदीकोमा जाने क्रममा बाटोमा काली नागले बाटो छेकेर आज तॅलाई म खान्छु खान्छु भनेको त्यसपश्चात भाईले नागलाई अनुरोध गरि अहिले मलाई नखाउ म मेरी दिदीको हातको टीका लगाएर आउॅछु अनि खाउला भनि अनुरोध गरेपछि काली नागले छोडेको र भाई दिदीकोमा पुगेर टीका लगाउने क्रममा दिदीलाई कालीनागले गरेको गतिविधी बताएका र टीका थापिसकेपछि आशिवार्द दिने क्रममा दिदीले कालीनाग सात टुक्रा परोस भनि ओखर फोडेको, ७ रङ्गी टीका लगाई दिदीले भाईको सु-स्वास्थ्य, दीर्घायुको कामना गरेको र पछि फर्कदा नाग सात टुक्रा परेको र यहि खुसीयालीमा उनले तिहार मनाएको र त्यहि बेलाबाटै भाई टीका सुरु भएको कथा वस्तु गीत र नृत्य मार्फत भिडियोमा छायाङकन गरिएको छ । गीतमा लोकप्रिय कलाकार भुपेन्द्र सलामी मगर, तुल बहादुर सलामी मगर, डिल बहादुर बुढाथोकी लगायतको आवाज रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सम्वर्दनको निम्ति उक्त कार्यमा गलकोट नगरपालिकाले पनि सहकार्य गर्दै नगद रु १ लाख आर्थिक सहयोग गरेको नगर उप प्रमुख रेनुका काउचा मगरले बताउनुभयो ।

यसैगरी, ताराखोला गाउॅपालिकाले नगद रु. २५ हजार र अन्य स्थानियबासी देश विदेशमा रहेका शुभेच्छुकहरुले समेत आर्थिक सहयोग गरेका छन् । छायाङकन कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगर, गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका ८ का वडा अध्यक्ष रामप्रसाद कॅडेल, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापा, जनता टेलिभिजनका पत्रकार कौरव खत्री, सामुदायिक रेडियो गलकोटका कार्यक्रम संयोजक सरिता खत्री, देउसी भैलो सोरठी गायनका कलाकारहरु, कलाप्रेमी, समाजसेवी लगायत स्थानिय सहभागी थिए । सोरठी नचरी भाग-४ गीत सार्वजनिक भएपछि युट्युवमा हेर्न सकिने संस्कृति संरक्षण मञ्चले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *