कास्कीमा देउसीभैलो खेल्न निषेध

आदर्श अनलाइन, पोखरा
कास्कीमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

कोरोना संक्रमण समाजमा व्यापक फैलिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलो खेल्न निषेध गरेको हो । नजिकिदो तिहार, छठजस्ता पर्वमा आवागमन बढ्दा संक्रमणको जोखिम थप जटिल हुने अवस्थालाई मध्यनजर गदै देउसी भैलो खेल्न रोक लगाउनु परेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा भनिएको छ ।

प्रशासनले तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु जो जहाँ छ त्यही मनाउन पनि आग्रह गर्दै जिल्ला भित्र कुनैपनि प्रकारका मेला, महोत्सव आयोजना नगर्न तथा व्यापारिक केन्द्रहरुमा भीडभाड नगर्न अपिल गरेको छ । यस अघि पनि नुवाकोट, बागलुङ, पर्वत, काभ्रेलगायतका जिल्लामा देउसीभैलो खेल्न निषेध गरिएको छ ।

प्रशासनको सूचनामा आतसबाजी, पटाका, झिरझिरे, भुईंचम्पालगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न, नगराउन समेत आग्रह गरेको छ । कोभिड-१९ को जोखिम कायम रहेकाले भौतिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको प्रयोग, पटकपटक साबुन पानीले हात धुन पनि आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराहरुको बेवास्ता गरेर संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानन वमोजिम कार्वाही हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *