गण्डकीमा थपिए १९७ संक्रमित

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा आज १ सय ९७ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ९७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका १ सय ३० जना छन् । नवलपुरमा २९, स्याङ्जामा १६, तनहुँमा १४, गोरखामा ४, पर्वतमा ३ र लमजुङमा १ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५५ पुगेको छ । तीमध्ये ४८ सय ६६ जना निको भएका छन् भने १ सय ११ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *