बागलुङमा थप ६ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का ४० वर्षीया र ७४ वर्षीया महिलला, वडा नम्बर ३ का ४३ वर्षीय पुरुष वडा नम्बर १ का ५७ वर्षीय पुरुष र वडा नम्बर २ का ५५ र ३३ वर्षीय पुरुष रहेका छन् ।

संक्रमित हुनेमा एक जना कानुन व्यवसायी र १ जना सुरक्षाकर्मी रहेको फोकल पर्सन घिमिरेले बताए । सोमबार ‘कोरोना महामारीमा मेरो जिम्मेवारी’ अभियान अन्तरगत बडिगाड गाउँपालिकका अध्यक्ष मेयरसिंह पाइजा र ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले कर्मचारीलाई सपथ ग्रहण गराएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *