नराम्रो काम गर्ने जनप्रतिनिधिलाई ढाकछोप नगरौँ–सांसद बुढा सागर

अनिष पाठक, बडिगाड
गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले जननियन्त्रीत जनप्रतिनिधि हुन आबश्यक रहेको बताएका छन ।

गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा सोमबार रहगैरा, मनेवा, पाटा, फलाटे बाघखोर, खिरदी ५ किलोमिटर मोटरबाटोको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नै पार्टीको जनप्रतिनिधि भए पनि नराम्रा कामको ढाकछोप गर्न नहुने बताए ।

मध्यपहाडी लोकमार्गले छोएको रिघामा ग्रामीण सडकको विस्तरसंगै अब स्थानीयले त्यसको लाभलिन आवश्यक रहेको समेत बताए ।

सबै व्यक्तिलाई उत्पादनसंग जोडे मात्र आर्थिक सम्वृद्धी सम्भव रहेको बताउँदै कृषि उपज बजारीकरण गर्न र पर्यटकीय क्षेत्रको विकासमा यस्ता आयोजनाले सहयोग गर्ने सांसद सागरले बताए ।

विकासका गतिविधिमा राजनीति नगर्न आग्रह गर्दै उनले सरकारका सेवा सुविधा प्राप्त गर्न स्थानीय सरकार र स्थानीय नागरिक बिच समन्वयको अभाव रहेको बताए ।

कोरोनाको कारण विकास निमार्णमा बाधा पुगेको भए पनि प्रदेश सरकारले ११ जिल्लाका जिल्ला अस्पताल सहित कास्कीको संक्रामण रोग नियन्त्रण अस्पतालमा भेन्टिलेटर सहितका आइसियु कक्ष र विज्ञको समेत व्यवस्था गरेको बताए ।

संसाद बुढाले कोरोनाका कारण रोजगारी गुमाएकाहरुको लागि प्रदेशले सहुलियत ऋणको पनि व्यवस्था गरेको जानकारी दिदै आफु निवार्चित भइसकेपछि गलकोट ११ मा मात्र खानेपानी र सिचाईको क्षेत्रमा लाखौँ बजेट विनियोजन गरेको दाबी समेत गरे ।

गलकोट नगरपालिका वडा नम्ब ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले यस मोटरबाटो पालिकाको केन्द्र गलकोट, बडिगाड तथा मुसिकोट नगरलाई जोड्ने दुत्र्र मागको रुपमा रहेको भन्दै यसको संरक्षणमा स्थानीले पनि साथ दिनु पर्ने बताए ।

अध्यक्ष श्रीसले मुख्य सडकसंगै स्थानीको माग र विरोध नभए शाखा सडक पनि जोखिम न्युनिकारणको साथमा निमार्ण गर्ने योजना रहेको जानकारी दिए ।

आर्थिक वर्ष २०७०/०७१ मा सर्वेको लागि रिघा गाविसको १ लाख, २०७१/०७२ मा रिघा गाविसबाट ५ लाख २० हजार, २०७१/०७२ मा सडक विभागबाट १४ लाख, २०७२/०७३ मा जिल्ला विकाश समितीबाट ४ लाख १६ हजार, ०७२/०७३ मा सडक विभाग बाट १० लाख, २०७३/०७४ मा जिल्ला विकाश समितीबाट ४ लाख, २०७३/०७४ मा सडक विभागको १० लाख उक्त सडकको लागि विनियोजन भएको थियो ।

त्यस्तै २०७४/०७५ मा गलकोट नगरबाट १० लाख, २०७५/०७६ मा गलकोट नगरबाट ५ लाख, २०७६/०७७ मा गलकोट नगरबाट १० लाख, र सोहि आर्थिक वर्षमा संघिय सांसद देवेन्द्र पौडेलबाट १० लाखमा साझेदारी कार्यक्रमम अन्र्तगत गलकोट नगरबाट थप १ लाख र प्रदेश सांसद चन्द्र बुढा सागर बाट २५ लााख गरी कुल १ करोड ९ लाख ३६ हजारको लागतमा उक्त मोटर बाटोको निमार्ण गरिएको निमार्ण समितीले जानकारी दिएको छ ।

उक्त मोटरबाटोको कारण गलकोट १० पाण्डबखानी र बडिगाड गााउपालिका वडा नं. ३ सिसाखानिका स्थानियलाई पनि यात्रामा सहज भएको स्थानियले बताएका छन । मोटरबाटोको उद्घाटन गर्नु पुर्व सांसद सागर, वडा अध्यक्ष श्रीस सहितको टोलिले एक घर एक धारा खानेपानि आयोजनाको अबवलोकन समेत गरेको छ ।

२०७५ सालमा निमार्ण शुरु भई अन्तिम चरणमा रहेको छरछरे खानेपानि आयोजना फलाटेको टोलिले अवलोकन गरेको हो । ५० घरधुरीको लागि ५५ लाख लागतमा उक्त आयोना निमार्ण भैरहेको वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *