आइसाेलेसनबाट संक्रमित भागेपछि…

आदर्श अनलाइन, पाेखरा

पाेखराकाे मालेपाटनस्थित आइसाेलेसनबाट साेमबार राति एकजना काेराेना संक्रमित भागेका छन् ।

साँझ ७ बजे बेलुकाकाे खाना आएपछि एकछिन माथिकाे तलामा गएर साथीसँग कुरा गर्छु भनेका ती संक्रमित छतबाट हामफालेर भागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी सुवास हमालले बताए ।

बुटवल घर भई पाेखरा बस्दै आएका ३५ वर्षे ती संक्रमितलाई कात्तिक १५ गते पाेखरा महानगरपालिकाले सञ्चालन गरेकाे मालेपाटनकाे आइसाेलेसनमा राखिएकाे थियाे । उनी मासु व्यवसायी हुन् ।

दसैंका बेला ल्याएकाे च्यांग्राकाे रकम भुक्तानी नगरेकाे आराेपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा अदालतले मागेकाे धराैटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

आइसाेलेसमा आएपछि पत्नीले धराैटी रकम अदालतमा बुझाएर रिहाइकाे पत्र हात परिसकेकाे भए पनि उनी किन भागे थाहा हुन सकेकाे छैन ।

प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ । मालेपाटनकाे आइसाेलेसनमा ५० जना संक्रमित बस्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *