तिहारमा ३ दिन बैंक बन्द हुने

आदर्श अनलाइन, काठमाडौं

बैंक तथा वित्तिय संस्थाहरू कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बन्द हुने भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार तिहार बिदा हुने भएकोले ३ दिन बैंकका सम्पूर्ण शाखाहरू बन्द हुनेछन्।

मोबाइल तथा इन्टरनेट बैकिङ, एटिएम सेवा भने नियमित रूपमा संचालन हुने संघले जनाएको छ।

संघले कोरोना भाइरस सक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत आग्रह गरेको छ।

बैंकर्स संघले २७ वाणिज्य बैंकका ६ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भइसकेको पनि जनाएको छ।

यो पनि पढ्नुहोस्