एक नाले भरुवा बन्दुकसहित थापा पक्राउ

आदर्श अनलाइन, तनहुँ
तनहुँको भीमादबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा भीमाद नगरपालिका-२ बन्दीछापबाट टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले भीमाद नगरपालिका–२ बन्दीछापको सीमलबोट निवासी ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको तनहुँ स्थित ईलाका प्रहरी कार्यालय बेलचौतारा प्रहरी कार्यालयले जनाएको छ ।  थापा बिरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *