पहिराेमा परेका फापरखेतका पुन परिवारलाइ गण्डकी प्रदेश सरकारकाे राहत

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर मृत्यु भएका परिवारलाइ गण्डकी प्रदेश सरकारले राहत सहयाेग प्रदान गरेकाे छ।

फापरखेतको थोत्नेरीमा गत असार ६ गते वर्षासँगै आएको पहिरोले ३८ वर्षीया विमला पुनको मृत्यु भएको थियाे।राहत सहयाेग पुनका श्रीमान टाेपबहादुर पुनलाइ गण्डकी प्रदेशका साम्सद इन्द्रलाल सापकाेटा र काठेखाेला गाउँपालिका अध्यक्षा अमरबहादुर थापाले हस्तान्तरण गर्नुभयाे ।

पुन परिवारलाइ यसअघि सङ्घिय सरकारले १ लाख र काठेखाेला गाउपालिकाले ५० हजार रुपियाँ प्रदान गरेकाे थियाे । राहत हस्तान्तरण पछि बाेल्दै साम्सद सापकाेटाले विपदले यसपटक जिल्लामा ठुलाे क्षति भाेग्नुपरेकाे बताउनुभयाे । उहाँले अब सडक पुर्वाधार निर्माणमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयाे ।

कोठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले विपद्ले रहेक वर्ष जनधनको क्षति गरेको उल्लेख गर्दै गाउँ घरमा संरचना बहादउँदा स्थानीय पनि सचेत हुनु पर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारकाे विपत व्यवस्थापन कार्यबिधि २०७५ अनुसार ५० हजार राहत सहयाेग प्रदान गरिएकाे जिल्ला प्रशासन कार्यालय बागलुङका लेखापाल भविलाल शर्माले जानकारी दिनुभयाे ।

यो पनि पढ्नुहोस्