राजमो अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

आदर्श अनलाइन, काठमाण्डौं

कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

निमोनिया देखिएका पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए । जनमोर्चाको  बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको थियो ।

बैठकले सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग  गर्न सबैलाई अनुरोध गरेको थियो । 

कार्यकारी अध्यक्ष नेपालीले केसीलाई कोरोना पुष्टि भएको र नियमोनियाले ग्रस्त बनाएको जानकारी दिए पनि उनलाई लामो समयसम्म उपचार गर्नुपर्ने कारण भने विज्ञप्तिमा खुलाएका छैनन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *