मौसमसँगै मुस्काएको ढोरपाटन (हेर्नुहोस् तस्बिर)

ढोरपाटन, नेपालकै एक मात्र शिकार आरक्ष । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा पर्ने यस क्षेत्रमा अहिले पर्यटन सिजन शुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । उसो त शिकार आरक्षमा यस बर्षको पहिलो सिजनको नाउर र झारल मार्ने शिकार सिजन समेत शुरु भएको छ ।

मौसम खुलेसँगै ढोरपाटनको सुन्दरताले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । यस क्षेत्रको बाईस धारा र बौद्ध गुम्बा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने प्राकृतिक हिसावले उपत्यकाको झझल्को दिने समथर भुभाग, उत्तरगगां नदी, सेरोफेरोका सुन्दर दृश्य हेर्न लायक छन् । तर, सडक सुविधाको सकस भने अझै कायमै छ । ढोरपाटनको पर्यटकीय विकास र प्रर्वद्धनका लागि तत्काल सडक सुधार गर्नुपर्नेमा पर्यटकहरुको जोड छ ।

यसै साता ढोरपाटन पुगेर खुलेको मौसमसँगै देखिएको ढोरपाटनकोा सुन्दरता गलकोटका पत्रकार थमन थापा सन्देशले कैद गरेका छन् । हेर्नुहोस् तस्बिरहरुः

ढोरपाटन विमानस्थल समेत रहेको ढोरपाटन उपत्यका
ढोरपाटनमा रहेको धार्मिक महत्वको बाइस धारा । जहाँ नुहाए पछि मनोंकाक्षा पुरा हुने बिश्वास छ ।
ढोरपाटनम बाइस धारामा नुहाउन र पुजाका लागि पुगेका पर्यटक
ढोरपाटनको स्याउँ बगान ।
ढोरपाटन घुम्न पुगेका आन्तरिक पर्यटक सामुहिक तस्बिर खिचाउदै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *