कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको  मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि आइसोलेसनमा उपचाररत पोखरा १५ की ७५ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

कात्तिक २४ गते अस्पतालमा भर्ना भएकी महिलाको कोरोना संक्रमणको आशंकामा प्रि आइसोलेसनमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा  बुधबार साँझ ५ :१० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

डा. आचार्यका अनुसार निमोनिया, मधुमेह  र मृगौला रोगबाट पीडित महिलामा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *