आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

आर्दश अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बिहीवार बागलुङ नगरपालिका वडा नं. ३ गुठीमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य हरि रुचाल र सिर्जना पाण्डेका पिता तथा सीता नेपाली रुचालका ससुरा सेतु रुचालको निधन भएको एघारौ दिनको पूण्य तिथी पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाका सञ्चालक कमल लामिछाने र प्रवन्धक दिपकराज सापकोटाले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तव्य मृतककी छोरी सिर्जना पाण्डेललाई हस्तान्तरण गर्नु भएको थियो । शेयर सदस्य हरि रुचाल र सीता रुचालले परिवारका सदस्यको निधनमा पाउने ५/५ हजार गरी जम्मा १० हजार रुपैया प्रदान गरिएको हो ।

कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख रुपा ढकालले गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार १ सय जना शेयर सदस्य, ४ करोड ५० लाख रुपैया शेयर रकम, ३१ करोड वचत, २७ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *