आदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोंना उपचार केन्द्रमा उपचाररत पोखरा १४ की ६७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।
कात्तिक २१ गते अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा शुक्रबार बिहान २:०० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।