१ सय ५० केजी गाँजा सहित निसीखोलाका एक युवक पक्राउ

आदर्श अनलाइन, बागलुङ

बागलुङ प्रहरीले ठूलो मात्रामा लागुपादार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ लुर्पावाङबाट घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजा सहित ३४ वर्षीय टेक बहादुर घर्तीलाई पक्राउ गरिएको हो ।

लुकाई छिपाई गाँजा राखेको भन्ने सुचनाको आधारमा शुक्रबार प्रहरी निरिक्षक भण्डारीको नेतृत्वमा परिचालन भएको प्रहरीले शनिवार बिहान चार बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । घर्तिलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका घर्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउदै गरेको प्रहरी नायव उपरिक्षक रेग्मीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *