जिवनकुमार शाक्य
कोरोना संक्रमणबाट निको भएका सबैै बिरामीहरुले “कोरोना संक्रमणलाई हलुका ढंगले लिनु हँुदैन । र संक्रमित भए पछि आफनो साहस, धैर्यता उपचारको क्रममा गुमाउनु हुँदैन” भनिराखेको हामी पाउँछौं । पहिलो भनाइले हामीलाई रोग लाग्न नदिने उपाय प्रति सतर्क र सजग रहन सिकाउँछ ताकी रोग लाग्दै नलागोस् । दोस्रो भनाइले हामीलाई हामी सँग हुने रोग प्रतिरोधात्मक शक्ति अर्थात् साहस, धैर्य शक्ति गुमाउनु हुँदैन भन्ने भनाई हो । स्वास्थ्य सन्तुष्टि र सफलताका लागि दोस्रो भनाई अझ धेरै महत्वपुर्ण अत्यावश्यक सोच हो । रोग प्रतिरोधात्मक शक्तिलाई भगवान शक्ति, इश्वरिय शक्तिको रुपमा लिनु पर्छ भन्ने भनाई हो । दुवै भनाई प्रति नकारात्मक धारणा, भ्रम शंका पाल्ने वा आफूलाई कमजोर दुर्वल ठान्ने गर्दा नै धेरै मान्छेहरु कोरोना संक्रमित भए, धेरै ब्यक्तिहरुले आफनो जीवन तहस नहस पारे, जिन्दगी गुमाए, कतिले गुमाउँदैछन् । जब रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ, तब हामीलाई रोगका विषाणु, जिवाणु, सँग सबैले आक्रमण गर्छ हामी संक्रमित हुन्छौ, मर्छौं ।
रोग प्रतिरोधात्मक शक्ति भन्नाले हामी शारीरिक रुपमा मात्रै स्वस्थ भएर मात्र पुुग्दैन, मानसिक, आत्मिक अर्थात् भित्र दिलै देखि स्वस्थ भएको भाव हुनु हो । यसो त भाव त्यसै आउँदैन, यसका लागि हामीले समयको ब्यवस्थापन गर्दै सुरक्षित खानपान, शील, सदाचार शैलीहरुका साथै दैनिक कामकाज सन्तोषपूर्ण बनाउन योग ब्यायाम प्रणायाम ध्यान अपनाउनु पर्छ । लापरवाहिपन, बेवास्ता गर्ने वा हलुका सोच शैलीले बलियो साँेच भावना सहितको स्वास्थ्य पाउन सकिदैन । जीवनमा कामकाज गर्दा काम क्रोध लोभ, मोह, वासना, अहंकार, इष्र्या द्धेष जस्ता दुषित मानसिक भावहरुबाट ग्रसित हुने, विषय, ब्यक्ति वस्तुको आकर्षणमा परेर छिनछिनमा प्रतिक्रियायुक्त गलत सोँच विचारहरुले मन आक्रान्त भई गलत बोली ब्यवहारहरु गर्ने हाम्रो संस्कारले मन शरिर कमजोर हुने, थाक्ने भएकाले हामीले स्वास्थ्य गुमाई रहेका हुन्छौं । हाम्रो खानपान, दैनिक कामकाज र सम्वन्धहरु बिग्रेर आफुभित्र र बाहिर परिवार समाजमा द्धन्दयुक्त वातावरण असहज वातावरण सिर्जना गरिरहेका हुन्छौं । र परिणाम स्वस्प आफुलाई कमजोर निर्वल सोच्ने चिन्ता गर्ने उदास हुने आदि प्रवृतिले, कोरोना जस्ता संक्रमणजन्य रोगहरु, नसर्ने विभिन्न शारिरीक मानसिक रोगहरु हाम्रो समाज, समुदाय, राज्यमा फैलाईरहेका छौं ।
देश र जनताको आधारभूत स्वास्थ्यको जग बलियो स्वस्थ बनाउन, गर्भवति महिलाबाट जन्मेका शिशु स्वस्थ हुनु जरुरी छ । त्यसपछि २ वर्ष सम्म ९० प्रतिशत र ५ वर्ष सम्म करिव ९५ प्रतिशत भन्दा बढी दिमागको विकास गराउन गर्भवती, सुत्केरी हुने महिलाहरुलाई परिवार, स्वास्थ्य संस्थावाट राम्रो गुणस्तरिय सेवा सहयोग, भरथेग दिनु जरुरी छ । तर, गर्भवती सुत्केरी महिलाहरुले श्रीमान, सासु र अन्य सदस्यहरुको भरपर्दो सहयोग, स्वास्थ्य संस्थाहरुबाट गुणस्तरिय स्वास्थ्य सेवा नपाएर जन्मदै कम तौलको लुलो लंगडो अपांग, बिरामी हुन बाध्य छ । सुत्केरी अवस्थामा तनाव र अन्य कारणले शिशुले पुर्ण स्तनपान, राम्रो स्याहार सुसार नपाएर कुपोषण, निमोनिया आदिको सिकार हुन बाध्य छ । परिणामतः स्वस्थ, दक्ष, इमान्दार नागरिक उत्पादन गर्न सकेका छैनौ । अर्को तिर सकरात्मक हुन नसकेको ढुलमुले पारिवारिक वातावरण, घोकन्ते, रोजगार ब्यवसाय नदिने पुराना अनुत्पादक शिक्षाले हामीलाई उच्च शिक्षा प्राप्त गरे पनि रोजगारको लागि विदेश तिर जान वाध्य पारिरहेको छ । कोरोनाका कारण देशमा युवा प्रौढ ब्यक्तिहरु पनि झन् वढी रोजगार विहिन भइरहेका छन् ।
समाज, समुदायमा राज्य एैले कोरोनाले आक्रान्त मात्रै छैन । हजारौले यसबाट मृत्युवरण गर्न बाध्य भइरहेका छन् । विदेशमा गएका धेरै युवाहरुले कोरोनाले ज्यान गुमाइरहेका छन् । स्वदेशमा रोजगार विहिन भइरहेका छन्, देशको अर्थतन्त्र डामाडोल भईरहेको छ । सामाजिक जीवन अस्तब्यस्त छ । समुदायमा सर्ने नसर्ने रोगहरुले अस्वस्थ र कमजोर मात्रै छैन । वस्तुभाउ महंगो छ, औषधि उपचारमा समय, श्रम, सम्पत्ति गुमाउनु पर्ने बाध्यता जस्तै छ । र जीवन प्रगति उन्नति उन्मुख नभएर दुखकष्टको भुमरिमा फस्न गईरहेको छ । किनभने सत्तामा भएका नेता कार्यकर्ताहरु पनि ब्यक्तिगत, पार्टीगत लाभ सुुविधाको सोचले राज्य संयन्त्र इमान्दार, बलियो, योजनावद्ध र ब्यवस्थित नभएर धेरै क्षेत्र भ्रष्टाचार र अपारदर्शिपनले लथालिंग छ र हुँदैछ । यो रोकिने लक्षण छैन । यसले देशमा शिक्षा स्वास्थ्य, यातायात, सञ्चार, बिजुली, खानेपानी, कृषि, उद्योग ब्यापार बजारका आधारभूत आवश्यक संरचनाहरु निर्माण हुन सकेको छैन । बजारमा स्वदेशी विदेशी अस्वस्थकर खाद्य सामग्री र औषधिहरुले भरिएका छन्, निर्माण विकासमा स्वदेशी विदेशी हैकम दबदबा एकदम हावी छ ।
रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउनः पहिलो आवश्यकता राज्य संयन्त्रनै दक्ष, इमान्दार, शिक्षित, सुँसस्कृत बलियो ब्यवस्थित बनाएर भ्रष्टाचार, पक्षपाती, अपारदर्शिपनलाई हटाउनु जरुरी छ । ताकी शिक्षा स्वास्थ्य निशुल्क, वयवसायमुलक रोजगारमूलक मुल्यमान्यताहरु स्थापित गर्ने खालको होस्, देशमा विकास निर्माणमा आधार सयन्त्रहरु तयार पार्न सकियोस् । मान्छेहरु रोग प्रतिरोधात्मक शक्ति बढाउने, चेतना र स्वस्थ जीवन बनाउन योग, ब्यायाम प्रणायामका साथै नुन,चिनी,मसला धेरै भएको, अजिनोमोटो भएको खराब कोलेस्टोरोल टान्सफयाट भएका र वोसोजन्य पदार्थ कम उपभोग गरुन् । पकाएको खानाले मात्र ६० पौष्टिक पदार्थहरु दिने भएकोले सुरक्षित प्राकृतिक खानपानतर्फ जागरुक बनुन्, अखाद्य रोगकारक खाद्य पदार्थहरु होइन, बजारमा स्वस्थ रसायनविहिन अन्न, तरकारी, फलफुलहरु बजारमा उपलब्ध होस् । चिसो, मादकजन्य पेय पदार्थहरु, विलासीका सामानहरु, अनावश्यक श्रृगारका सामानहरु होइन, आवश्यक निर्माण विकास र रोजगारमूलक सामग्रीहरुको उपयोग, उपभोग बढोस् । शिक्षा स्वास्थ्य पनि वढी कम खर्चिलो, सवैको लागि होस् । चेतनामूलक, रोजगारमूलक, उत्प्रेरक, वैज्ञानिकका साथै समाजमा मान्छेहरुको शिल सदाचार मर्यादा नियम कानुन अनुशासन तर्फ सचेत र इमान्दार बनाउने खालको होस् ।
संक्रमित बिरामीहरुलाई परिवारका सबै सदस्यहरुले माया, ढाडस, सहयोग, भरथेग कूनै पनि अवस्थामा दिनु जरुरी छ । साथै अस्पतालमा उपचारत संक्रमित बिरामीहरुलाई स्वास्थ्यकर्मीबाट राम्रो स्याहार सुसारको पनि त्यतिकै आवश्यक छ । होइन भने वेसहारा भएको सोचले रोग प्रतिरोधात्मक शक्ति धेरै कमजोर भई छिट्टै ज्यान जाने अवस्था सिर्जना हुन सक्छ । नयाँ पुस्ता नयाँ जन्मने शिशु, स्वस्थ होस् । यसको लागि पूर्ण स्याहार सुसार, स्तनपान, थप आहार र दया मायाँ प्रेम सहयोग, पाउने सकारात्मक पारिवारिक वातावरण बनाउनु अत्यावश्यक छ । राज्यले आवश्यक प्रोटोकल, निर्देशिकाहरु बनाओस्, बनाउन परिवार ब्यक्ति समुदाय राज्य उत्प्रेरित होस् । सवै सर्ने रोगहरुबाट जोगिन स्वास्थ्य सरसफाई ब्यक्तिगत नजिकको सम्र्पक कम होस् । धुवा धुलो, बढी आवाज आउने, निद्रा कम हुने सोच, ब्यवहार, ब्यवसाय कमगर्न सचेत बनौ ।