पोखरामा कोरोनाबाट थप १ पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा २८  का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

मंसिर ३  गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानमा उपचाररत उनको बिहीबार दिउसो १२:५० बजे उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१  पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *