पर्यटनमा आएको उभार

सम्पादकीय
पर्यटन पछिल्लो समय सर्वाधिक प्रयोगमा आएको शव्द मात्रै होइन,यसका बारेमा नेपालमा धेरै बहस पनि भएका छन् । चाहे नेताहरुको भाषणमा होस् या उद्योगी, व्यवसायी र पर्यटन अभियन्ताहरुबाट होस् । देशको विकास र समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार भएको अभिव्यक्ति प्रकट हुन्छ । तर,दुर्भाग्य मान्नुपर्छ कि नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेर लाखौ पर्यटक उद्घोष गरेको थियो । प्रदेश सरकार र स्थानीय तहले पनि आ आफ्नै किसिमले पर्यटन वर्षका योजना कार्यक्रम र बजेट तय गरेका थिए । विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका कारण यी सबै सपना, योजना र कार्यक्रम अलपत्र परेका छन् ।

देश मात्र होइन, विश्व समुदाय यतिबेला कोरोना संक्रमणको भयावहका कारण संकटमा छ । नेपालमा पनि गत वर्षको चैत्र दोस्रो सातादेखि कोरोनाले मानिसहरुलाई भयभित अवस्थामा पु¥याएको छ । सुरुवाती कैयन महिना त केबल घरमै कैद भएर पनि दैनिकी बिताए । पछिल्ला दिनमा कोरोना रोगले भन्दा भोकले मानिसहरु मर्ने जोखिम बढ्दै जान थालेपछि अधिकांश नियमित दैनिकीमा फर्किएका छन् । यही संकटका बीचमा केही सत्प्रयास पनि गरिएका छन् । जस मध्येको एक हो आफ्ना गाउँ घर र जिल्लाको पर्यटकीय सम्भावनाका ठाउँको पहिचान, प्रर्वद्धन र पूर्वाधार निर्माण गर्ने अभियान । बागलुङ जिल्लाको बुद्ध हिल होस् या जैमिनी नगरपालिकाको हाँडिकोट होस् या तनहुँको मानहुँकोट होस् या काभ्रेपलाञ्चकको तीन धारा होस् । कोरोना संकटकै बीचमा लकडाउन र निषेधाज्ञाले उकुसमुकुस भएका युवाहरुले खोजेका नयाँ गन्तव्य हुन् । जहाँ अहिले पनि कोरोना संक्रमणको जोखिमका बीच मानिसहरुको घुँइचो लागिरहेको छ ।

कोरोना भयावह सुरु हुँदा यो रोगको यति लामो सकस र सास्ती रहन्छ भन्ने धेरैले कल्पना सम्म गरेका थिएनन् । तर, यो अझै लम्बिने निश्चित प्रायः छ । अहिले कोरोना भयावहबाट भागेर होइन, सचेत र सुरक्षित भएर पर्यटनका नयाँ गन्तव्यहरु खोजी गर्ने, त्यसको प्रचार प्रसार, प्रर्वद्धन गर्ने, पूर्वाधार निर्माण गर्ने अभियान सकरात्मक छ । यसले धेरै ठाउँमा स्थानीयलाई उत्साहित र जागरुक बनाएको छ । पर्यटन मार्फत समाजको परिवर्तन, विकास र समृद्धि ल्याउन महत्वपूर्ण आधार खडा गरेको छ । घुम्ने सँस्कृतिलाई बढावा दिएको छ । घुम्ने भनेको केबल फिरन्ते हुनु मात्र होइन, यात्राहरुले दिने नयाँ उत्साह र उर्जाले जीवनमा नयाँ रंग भर्ने बुझाईको व्यापकता देखिएको छ । अब यस अभियानलाई थप व्यवस्थित बनाउन तीन तहको सरकारका साथै सरोकारवालाको नेतृत्वदायक भुमिका, चुस्त योजना र सहभागिता जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *