आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य राम प्रसाद शर्माकी आमा बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दीशिर निवासी जमुनादेवी शर्माको १० औं दिनको पुण्य तिथी पारेर श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

शर्माको कार्तिक २७ गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका गाउँपालिका स्तरीय समितिका संयोजक जयराम शर्मा, सचिव देवीदत्त शर्मा, शेयर सदस्य धनिश्वर शर्मा, भरत क्षेत्री, रञ्जना शर्माले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय शर्माकी नातिनी गीता शर्मालाई हस्तान्तरण गर्नु भएको थियो ।

यस सहकारीले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *