आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ का ३५ र ५६ वर्षीय पुरुष, वडा नम्बर २ का ५१ र ४८ वर्षीया महिला, ४८, ५२, ६४ र ६७ वर्षीय पुरुष र वडा नम्बर ३ का ४१ वर्षीय पुरुष, ताराखोला गाउँपालिका वडा नम्बर ४ का ७८ वर्षीया महिला, काठेखोला गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय पुरुष, वडा नम्बर ५ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बागलुङमा थप १२ जनामा कोरोना
