ग्रामीण स्वास्थ्य परियाेजनाकाे प्रगति समिक्षा

आदर्श अनलाइन, बागलुङ
ग्रामीण स्वास्थ्य सुधार परियोजना अन्र्तगत जिल्लाको ६ पालिकामा सञ्चालित कार्यक्रमको आइतबार एक कार्यक्रमका बीच प्रगति समिक्षा गरिएको छ ।

फेरमेड र बिवाइसी बागलुङको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमको समिक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले दुर्गममा स्वास्थ्य सम्बन्धी सचेतना र स्वस्थ्य संस्थाको सुधारमा परियोजनाले गरेको कार्यक्रम निकै सान्र्दभिक भएको बताउनुभयो ।

ढुङ्गानाले यस परियोजना अन्र्तगत गरेका काम आँफु स्वयंले प्रत्येक्ष अवलोकन गरेको भन्दै जिल्लाको दुर्गम स्थानमा भएको स्वस्थ्य सुधारले नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।
कार्यक्रममा ग्रामिण स्वास्थ्य सुधार परियोजना प्रमुख गणेश वरुवालले जिल्लाका ३ पालिकामा दुई वर्ष भन्दा बढी र २ पालिकामा एक वर्ष अघि देखि लागु गरिएको कार्यक्रम, स्वास्थ्य क्षेत्रमा गरिएका सुधार तथा प्रयासका विषयमा सरोकारवाला निकाय, पत्रकार लगायतलाई जानकारी गराउनुभएको थियो । उहाँले सात वटा वर्थिङ सेन्टर, दुई प्रयोग शाला र पाँच गाउँ घर क्लिन स्थापना र उपकरण सहयोग गरिएको वरुवालले जानकारी गराउनुभयो ।

उहाँले कार्यक्रममा स्थानीय तहको साझेदारीमा सुधारका प्रयासले सार्थकता पाएको बताउनुभयो । कार्यक्रममा धौलागिरी अस्पताल विकास समितिका सदस्य शालिकराम शर्मा र पत्रकार प्रकाश बरालले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम परियोजना साझेदारी बिवाईसी बागलुङका अध्यक्ष मनिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागतमा कार्यक्रममा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *