धौलागिरीका चार उत्कृष्ट करदाता पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
धौलागिरीका चार संस्था उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएका छन् ।

आन्तरिक राजस्व कार्यालय बागलुङले नवौ राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट करदाताको रुपमा बागलुङको ग्रीन डेभलमेन्ट बैंक, पर्वतको नेष्डो समृद्ध लघु वित्त संस्था, म्याग्दीको कुमारी बहुउद्धेश्यीय सहकारी संस्था र मुस्ताङको निर्माण कम्पनी अमिट बिल्डर्सलाई पुरस्कृत गरेको हो ।

धौलागिरीका चार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले सबै भन्दा धेरै कर बुझाउने मध्येबाट उनीहरुलाई उत्कृष्ट छनोट गरिएको करदाता सेवा कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले जानकारी दिनुभयो । उत्कृष्ट करदाताको रुपमा पुरस्कृत ग्रीन डेभलेपमेन्ट बैंकका तर्फबाट सञ्चालक कृष्णशंकर श्रेष्ठ, नेष्डो समृद्ध लघुवित्त संस्थाका तर्फबाट अध्यक्ष विश्वप्रकास प्रसाई, कुमारी बहुउद्धेश्यीय सहकारी संस्थाका तर्फबाट उपाध्यक्ष राजकुमार थापा र अमिट बिल्डर्सका तर्फबाट नरेश पुनले पुरस्कार ग्रहण गर्नुभयो । उनीहरुलाई बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रमुख कर अधिकृतद्धय हेमराज सुवेदी र जनकराज शर्माले संयुक्त रुपमा दोसल्ला र माला ओढाएर सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रजिअ न्यौपाने, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, उत्कृष्ट करदाताको रुपमा पुरस्कृत ग्रीन डेभलेपमेन्ट बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठ, नेष्डो समृद्ध लघुवित्त संस्थाका अध्यक्ष विश्वप्रकास प्रसाई, कुमारी बहुउद्धेश्यीय सहकारी संस्थाका तर्फबाट उपाध्यक्ष राजकुमार थापा र अमिट बिल्डर्सका नरेश पुनले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत हेमराज सुवेदीको अध्यक्षता, नवआगन्तकु प्रमुख कर अधिकृत जनकराज शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *