बडिगाडमा जीप दुर्घटना २ काे मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौर तर्फ जादै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र उहाँका ७ महिनाकी छोरी छाया रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

दुर्घटनामा अन्दाजी ६० वर्षिया मन कुमारी रोका घाईते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार जीपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर जीप दुर्घटना भएको हो । प्रहरी उद्दारका लागि घटनालमा पुगेको छ । चालक रविलाल बुढाले सामान लोड गर्नेक्रममा जीप अचानक गुडेको थियो । चालक सकुसल रहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *