आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर ६ की २५ वर्षीया महिला र वडा नम्बर ३ की ४३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयाे।