स्थानीयको आक्रोश : भासिएको देउराली चोक कहिले बन्छ ?

साधना पन्त, बागलुङ
बागलुङ नगरपालिका वडा नम्वर ३ देउराली चोकमा ढलान भासिएको महिनौं बित्दा पनि यसको मर्मतमा बेवास्ता गरिएको छ ।

गत भाद्रमा अविरल वर्षासँगै नगर खानेपानीको पाइप फुटेर भासिएको सडक मर्मतमा वडा कार्यालय र नगरपालिकाले पहल नगर्दा दुर्घटनाको तिव्र जोखिम देखिएको छ ।

बरेङ शान्तिपूर, सिगाना हुदै बागलुङ बाजर आउने मुख्य नाका अहिले भासिदा दिनहँु सैयौ सवारी साधनले जोखिमको बाटो जर्बजस्त यात्रा गरेका छन् । रातिको समयमा अझ बढी दुर्घटनाको जोखिम भएको स्थानीय जककुमारी श्रेष्ठ बताउँनुहुन्छ । देउरालीचोक, खहरे हुँदै मध्यपाहाडी लोकमार्गा समेत जोड्ने सडकको स्थिति अहिले दयनिय छ । सडकको बीच भागमा बागलुङ नगरापलिकाले वितरण गर्ने मुख्य खानेपानीको पाईप छ । खानेपानीको पाइप समय समयमा फुटेर वारी पारीका घरको छाना सम्म पानी पुग्दछ ।

‘लामो समय भयो, मेयर साप, वडा अध्यक्ष आउनु हुन्छ, हेरेर जानुहुन्छ, फोटो खिच्नुहुन्छ तर सडक अहिले सम्म जस्ताको त्यस्तै छ,’ श्रेष्ठले भन्नुभयो,‘नगरपालिकामा निबेदन दिएको पनि दुई महिना काटी सक्यो, अहिले सम्म बाटोमा माटो हाल्ने सम्म काम भएको छैन । पानी पर्दा रातभर घरमा सुत्दैनौ ।’

अहिले यस सडकबाट दिउँसोको समयमा जीप ट्याक्टरहरु रोकी रोकी विस्तारै हिँडे पनि रातीको समयमा बाइकहरु गुल्टने, चोट पटक लाग्ने गरेको स्थानीय बताउँछन् । ढलान गरेको दुई वर्षमै खानेपानीको नाला फुटेकै कारण सडक भासिएको हो । सडक भासिए पछि देउराली चोकका तीन घर परिवार बिस्थापित भएका छन् भने ८ घर थप जोखिममा छन् ।

भासिएको सडक मर्मतका लागि नगरपालिकाले १० लाख बजेट छुट्याएको जानकारी आएकाले काम सुरु गर्ने तयारी रहेको उपभोक्ता समितीका सचिव सन्जयकुमार श्रेष्ठले बताउनु भयो । सडक मर्मत गर्नका लागी ५० लाख लाग्ने भए पनि नगरपालिकाले छुट्याएको बजेटले नपुग्ने उहाँको भनाई छ । अहिले तत्कालको दुर्घटना रोक्नका लागी बाटो मर्मत गर्ने प्रयासमा लागेको श्रेष्ठ बताउँनुहुन्छ ।

कोरोना महामारीका कारण समिति गठन गर्न साथ अफैलाई कोरोना पोजेटिभ भएका कारणले काम अगाडी बढाउन नसकेको उहाँँको भनाई छ ।

नगरापलिकाले ७ जना सदस्यको उपाभोक्ता समिति गठन गरेको छ । अब छिट्टै काम सुरु गर्ने वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले जानाकारी दिनुभयो । समितिकै सचिवलाई कोरोना भएका कारण काम अगाडी बढाउन ढिलाई भइरहेको अध्यक्ष बास्कोटाको भनाई छ ।

भासिएको सडकका बारेमा आफुले पटक पटक स्थलगत अध्ययन गरेर मर्मतका लागि निर्देशन दिइसकिएको बागलुङ नगरापलिका नगर प्रमुख जनकारज पौडेल बताउँनु हुन्छ । ‘नगरपालिकाले बजेट छुट्याइसकेको छ, नगर खानेपानी संग सल्लाह भएको छ, उक्त सडकमा रहेका खानेपानीको च्याम्बर र पाइप खानेपानीले सार्ने र नगरपालिकाले तत्कालै सडक मर्मत गर्नेछ’ मेयर पौडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *