कतारमा दशैं टिका कार्यक्रम

सन्तोष क्षत्री, कतार
दर्शन बचत कोष परिवारले कतारमा दशैं टिका कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा नेपालबाट रोजगारीको लागि कतार पुगेका ठकुरीहरु भेला भई टिका लगाएका हुन् । कतारमा कार्यरत ठकुरीहरुले ठकुरीका जेष्ठ सदस्य दिलबहादुर ठकुरी, केवी हमाल र दिपक सेनबाट टिका जमरा लगाएर दशैं मनाएका हुन् ।

कार्यक्रममा गैरआवसीय नेपाली संघ आइ सि सि सदस्य केवी हमालले नेपालीहरु संसारका कुना कुनामा रहे पनि आफ्नो धर्म, संस्कृति र सदभावले सधै एकजुट रहेको बताउँनुभएको थियो । जोग बहादुर खाँण, विशन शाहीले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।

रोजगारीको लागि कतारमा रहेका ठकुरीहरुले एकवद्ध भई आपसी सद्भाव र आर्थिक सम्वृद्धिको लागि पछिल्लो दुई वर्ष यता दर्शन बचत कोष सञ्चालनमा ल्याएको कोषका सचिव दुर्गा हमालले बताउँनुभयो । कोषका संयोजक दिपक सेनको अध्यक्षतामा सम्पन्न भएकोे कार्यक्रम निर्मल शाहीको स्वागत र सचिव दुर्गा हमालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुको संगितीक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा दर्शन परिवारको एकता, भलाइ र आर्थिक समृद्धिको लागि योगदान गर्नु हुने दर्शन परिवारको सम्पूर्ण सदस्यहरुलाई प्रमुख अतिथीबाट प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *