कृषिता अधिकारी (निशा)
साँच्चै नै लोक गीत भनेको लोक सँस्कृतिकै महत्वपूर्ण अङ्ग हो । किनकी मानिसलाई एक किसिमको भावना, संवेदना जगाउने गर्दछ । जहाँ मनका भावनाहरु शब्द–शब्दमा पोखिने गर्दछन्, कतै हृदय शुन्य हुदाँ या विक्षिप्त भएको पल होस् वा कतै रमाइलो क्षणिक पल होस् । जस्तो भाव बोकेको गीत गाइने गरिन्छ, त्यस्तै नै बनिदिन्छ । हाम्रो मन पनि गीतको लयसँगै भावनामा पोखिन पुग्दछौ । त्यसरी नै कल्पनाको सागरमा पुग्ने गर्दछौ किनकि यसले आफ्नो रूप र विधा आँफैले जन्माउँछ । स्वच्छ सरल भित्री भावनाबाट कला उत्पन्न हुने गर्दछ । तीनै भावनाहरु हामी र हाम्रो समाजमा अथवा भनौ हामी माझ प्रस्फुटन हुने गर्दछ । त्यसैले लोकगीत भनेको समष्टिको मनबाट जन्मिने कुरा हो अर्थात् भित्री हृदयबाट उत्पन्न हुने एक किसिमको कला हो, सृजना हो ।
यथार्थमा भन्ने हो भने लोक शब्दको प्रचलन प्राचिन कालदेखि नै विभिन्न रूपमा प्रयोग हुँदै आएको छ । वैदिक कालदेखि लोक शब्दको पर्यावाची शब्दका रूपमा प्रयोग गरिएको छ । र यसलाई सांस्कृतिक विद्हरुले आ–आफ्नै ढंगले परिभाषित पनि गरेका छन् । लोक संस्कृतिको विकास कसरी भयो ? कहिले भयो ? र कसले ग¥यो भन्ने सन्दर्भमा विभिन्न अध्ययन अनुशासन गर्ने हो भने हामी गहिराइमा पुग्नुपर्ने हुन्छ । किनभने अध्ययन अनुशासन भन्ने विषय नै त्यस्तो सान्र्दभिक र गहन विषय हो । जसमा जतिसुकै अनुशासन गरे पनि निष्कर्षमा पुग्न त्यतिनै समय लाग्दछ । त्यसैले हामी आम मानिसले हाम्रो समाजमा भइरहेका घटनाक्रम सामाजिक परिवेशलाई नै अधिक मात्रामा मुल्यांकन गर्ने गर्दछौं ।
त्यसैगरी परम्परागत लोकसंस्कृतिले हाम्रो समाजको रीतिथिति, जात, धर्म मूल्य मान्यताहरु आदिको जर्गेना गरेकोे हुन्छ । फरक भेषभुषा, भाषा, संस्कृति फरक किसिमका जात धर्महरुको आफ्नै मौलिक संस्कृति र संस्कार छ । जुन जात अनुसार फरक हुने गर्दछ भने हामीले लगाउने विभिन्न पोशाकहरु रहनसहन प्रचल नै फरक हुँदै आइरहेको छ ।
र आ–आफ्ना चाडपर्व रीतिथिति संस्कृतिहरु पनि फरक रहेका छन् र थिए पनि । तर, विस्तारै समय परिवर्तन हुदै जाँदा हाम्रा मौलिक लोकसंस्कृति पनि हराउँदै गएका छन् । पश्चिमा संस्कृतिले हामी र हाम्रो समाजलाई विकृति विसंगति तर्फ धकेलिरहेको छ ।
अहिलेका आधुनिक गीत संगितले समाजमा नयाँ परिवर्तन छाएको अवस्था छ । किनकि हामीले प्रायजसो हाम्रा विभिन्न चार्डपर्वहरुमा आउने गीत संगितहरु मौलिक खालको हुँदैन । समाजलाई नकरात्मकता तर्फ जाने किसिमको आजभोली बजारमा उपलब्ध हुने गरेकोे पाइएको छ । जसले हाम्रा मौलिक लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुग्ने सम्भावना पनि देखिन्छ । कुनै एक जमाना थियो र, थियो रे पनि जहाँ गाउँघरमा रोधी बस्ने गर्दथे । बनपाखा उकाली ओराली गर्दा झ्याउरे भाका गुञ्जिने गर्दथे मादलु र डम्फूको तालमा युवायुवती आफ्नै मौलिक पहिरन लगाएर देउसी भैलो मेला महोत्सवमा नाँच्ने गर्दथे । जसमा आफ्नै मौलिक संस्कृति झल्कने गर्दथ्यो ।
त्यस्तै विभिन्न लोकबाजाहरुले छुट्टै संस्कृतिको जर्गेना गरिरहेका हुन्थे । तर,आजभोली हाम्रा परम्परागत बाजाहरु पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । कारण आधुनिक युग सँगै विभिन्न नयाँ–नयाँ प्रविधि विकसित भएका छन् । उदाहरणकै लागि भन्नुपर्दा ब्याण्ड बाजा, ड्रम सेट जस्ता विभिन्न आधुनिक लोकबाजाले पुरानो संस्कृतिको महत्व नै घटाएको छ ।
यसैगरी समयक्रम सँगसँगै पश्चिमा संस्कृतिको सिको गरिरहेका छौ । भेषभुषा, भाषाभाषी रहनसहन जस्ता हरेक कुराहरु जुन हाम्रो संस्कार रहेका छन् । ती सबै परिवर्तन भएका छन्, जसले गर्दा हामीले मनाउने चार्डपर्वहरुको स्वरुप नै बदलिएको छ भने हामीले साँेच्ने सोँच पनि विस्तारै परिवर्तन भएको छ ।
हो, समय अनुसार हाम्रा सोँच पनि परिवर्तन हुनुपर्दछ । तर, हामीले हाम्रा लोक संस्कृति विभिन्न रीतिथिति सामाजिक मूल्य मान्यताहरुलाई भुल्नु हुँदैन । लेखको शीर्षक तर्फ मोडिनु पर्दा समयको परिवर्तन सँगै हराउँदो क्रममा रहेका लोक संस्कृति जसमा रोधी घरमा गाइने मौलिक भाकाहरु लेख वेसी गर्दा होस् अथवा वनपाखा गर्दा मेलापात गर्दा गुञ्जिने लोक भाकाहरु सञ्चार माध्यमबाट प्रसारित हुदाँ आज आम मानिस अथवा हाम्रा हजुरबुबा हजुरआमालाई रोधी बसेको अनुभुति हुने गर्दछ । त्यस्तै पछिल्लो समयमा हाम्रो देशमा रोचक कला संस्कृतिले पनि स्थान पाइरहेको छ भने भावी पुस्ताले पनि जर्गेना गर्नेछन् भन्ने आशावादी विचारहरु उत्पन्न भइरहेका छन् । किनकि हिजोका लोकसंस्कृति जर्गेना गर्नेको लागि हाम्रा स–साना बालबालिकाहरु सृजनाका कोपिला फैलिरहेको अवस्था छ । अचम्मित हुने र रोचक लाग्ने विषय पनि बनेको छ । यतिखेर साना–साना कलिला बालबालिकाहरुले आफ्नो कला सृजना उजागर गरिरहेका छन् । र हाम्रो मौलिक परम्परालाई महत्व समेत दिइरहेको देख्दा लाग्छ–कलियुग लागेछ क्यारे ! प्रायजसो लोक गीत सबैले गाउने गर्दछन् तर छिटोछिटो उखान टुक्का फर्काउन प्रायजसो आम मानिसलाई गाह्रो पर्दछन् । हामीले सुनिरहँदा खेरि कति छिटो उखान टुक्का फर्काइसक्छन् । ती साना बालबालिकाले जुन एकदमै महत्वपूर्ण पनि छ । त्यसैगरी आधुनिक प्रविधिले कति सजिलो बनाएको छ भने जहाँ जुन कुना कन्दरामा लुकेका प्रतिभालाई सञ्चार माध्यमबाट उजागर गरिहाल्छ ।
पहिलाको जस्तो संघर्ष अहिले कमै छ भन्नुपर्छ । विभिन्न कलाकारहरुले लोक संगित क्षेत्रमा के कति संघर्ष गरे ? त्यो कलाकारले नै भोगे उनीहरुको त्यो भोगाई, एउटा आम मानिसले महशुस गर्न त सक्दैन । तर, आजभोलीका इन्टरनेट माध्यम विभिन्न सामाजिक सञ्जालले गर्दा कलाकार बन्न गाह्रो भने छैन तर कही न कही संघर्ष गरिरहेका पसिना बगाइरहेका कलाकारहरु सिर्जनशीलहरुको महत्व घटेका त छैन भन्ने टीका टिप्पणीहरु पनि भेटिन्छ ।
तसर्थ, जुन हाम्रा बाल पुस्ताले चालेका कदम सह्रानीय छ । किनभने बाल मस्तिष्क निकै तेजिलो हुन्छ, छिटो टिप्न सक्ने क्षमतावान हुन्छ । अहिलेको विज्ञान र प्रविधिको जमानामा आफ्ना कला सृजना प्रस्फुटन गर्ने कुरा सामान्य छँदै छैन । त्यसैले भोलीका दिनहरुमा यसरी नै कला संस्कृति फस्टाउदै जानुपर्छ । यसरी नै लोक संस्कृति जर्गेना गर्नुपर्दछ ।