पश्चिम बागलुुङका सात स्थानमा बर्थिङ सेन्टर


–सुवास गौतम, बागलुुङ

जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्धेश्यले दुर्गमका ७ स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ ।

फेयरमेड र बिवाईसी बागलुङको साझेदारीमा ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य इकाई ढोरपाटन, ढोरपाटन नगरपालिका–४ खुंगा लुकुरवन सामुदायिक स्वास्थ्य इकाई, निसीखोला गाउँपालिका–५ स्थित निसी सामुदायिक स्वास्थ्य इकाई, तमानखोला गाउँपालिका–५ स्थित खुङ्खानी स्वास्थ्य चौकी, तमानखोला गाउँपालिका–७ स्थित नर्जाखानी सामुदायिक स्वास्थ्य इकाई, बडिगाड गाउँपालिका–१० सिसाखानी स्वास्थ्य चौकी र बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । जसमध्ये बरेङको धुल्लुबाँस्कोट र बडिगाडको शिसाखानीमा बर्थिङ सेन्टरको औपचारिक शुरुवात हुन बाँकी छ ।

साढे दुई वर्ष देखि बागलुङमा लागु गरिएको ग्रामिण स्वास्थ्य सुधार परियोजना मार्फत ७ वटा वर्थिङ सेन्टर स्थापना, आवश्यक उपकरण सहयोग पछि गर्भवती महिलालाई सहज भएको छ ।

दुर्गम गाउँमा गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा घरमै सुत्केरी हुने अथवा अस्पताल आउँदा आउँदै बाटोमै सुत्केरी हुने समस्यालाई मध्यनजर गर्दै ग्रामिण स्वास्थ्य सुधार परियोजना मार्फत वर्थिङ सेन्टर स्थापना तथा उपकरण सहयोग गरिएको र यसलाई पालिकाले सञ्चालनमा ल्याउने गरिएको ग्रामिण स्वास्थ्य सुधार परियोजना व्यवस्थापक गणेश बरुवालले जानकारी दिनुभयो ।

जिल्लाको तनमाखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा साढे दुई वर्ष देखि, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा एक वर्षदेखि लागु गरिएको ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्र्तगत स्वास्थ्य संस्थामा उपकरण, पूर्वाधार, बर्थिङ सेन्टर स्थापना तथा प्रयोगशाला स्थापना देखि नागरिकलाई स्वास्थ्य सचेतना फैलाउने कार्य गर्दै आएको छ ।

दुरदराजमा राज्यको स्वास्थ्य पहुँच कम भएको स्थानमा आवश्यक भौतिक संरचना, उपकरण तथा सचेतनाले निकै सहज पु¥याउँदै जान थालेपछि स्थानीय समेत उत्साहित भएका छन् । “तीन वर्ष पहिला बागलुङ भ्रमणका क्रममा बाटोमै सुत्केरी भएको अवस्था देखियो” परियोजना प्रमुख बरुवालले भन्नुभयो “यस्तो अवस्था सुधार ल्याउनका लागि ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालनमा ल्याएका हौं ।” बरुवालका अनुसार, स्थानीय तहको समन्वयमा ७ स्थानमा वर्थिङ सेन्टर स्थापना पछि सञ्चालनमा ल्याइएको हो ।

स्थानीय तहले स्वास्थ्य क्षेत्रमा सुधार गर्न ल्याएको योजनामा ग्रामिण स्वास्थ्य सुधार परियोजना सहयोगी बनेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “पालिकामा सिमित स्रोत साधन छ, स्थानीय अपेक्षा बढि छ, सबै क्षेत्रमा सम्बोधन गर्नुपर्ने बाध्यता छ” अध्यक्ष बुढाले भन्नुभयो, “यो कार्यक्रम आए पछि हाम्रो उद्धेश्य र अभियानमा धेरै सहयोग पुगेको छ, नागरिकलाई स्वास्थ्यको सहज पहुँच पुगेको छ, आगामी दिनमा हामी पनि यस क्षेत्रमा ध्यान दिन्छौ ।”

गर्भवतीलाई सुरक्षित प्रसुती सेवा दिनका लागि परियोजनाले बर्थिङ सेन्टर स्थापना, स्तरवृद्धि तथा उपकरण सहयोग गर्दै आएको छ भने स्थानीय तहले आवश्यक भौतिक संरचना निर्माण स्तरोन्नती र तालिम प्राप्त स्वास्थ्यकर्मी राख्दै आएको छ ।

परियोजनाको सहयोगमा बर्थिङ सेन्टर स्थापनापछि निकै सहज भएको स्थानीय बताउँछन् । परियोजनाले प्रत्येक बर्थिङ सेन्टरमा झण्डै दुई लाख ५० हजार बराबरको डेलिभरी वेड सहित ६७ प्रकारका उपकरण सहयोग गरेको आएको परियोजना व्यवस्थापक बरुवालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *