भलामको साधारणसभा, सहकारीमार्फत आएको परिवर्तन खोतलौ: जि.सी

आदर्श अनलाईन, पोखरा

कास्की जिल्लाकै पुरानो मध्येको भलाम डाँडाखोर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं. २० भलामको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

२०२८÷०२९ मा शुरु भएर २०३३÷०३४ मा औपचारिक रुपमा दर्ता भएर विभिन्न चरणमा सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा क्रियाशिल संस्थाले २०६१÷०६२ देखि निरन्तर सदस्य केन्द्रीत कारोबार गर्दै आइरहेको छ ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी मार्फत जनताको जीवन स्तरमा आएको परिवर्तनको मापन गर्नु पर्नेमा जोड दिनुभयो । सहकारीमा लागेको धेरै भयो भन्ने तर सहकारीमार्फत आफ्नो जीवनमा आएको परिवर्तनका बारेमा जानकारी नभएका सदस्यहरुलाई सचेतना प्रदान गरी सहकारीले जनताको जीवन परिवर्तनका लागि गरेको योगदानको खोजी गर्न उहाँले आग्रह गर्नु भयो ।

आयआर्जन वृद्धि गर्न, वचत गर्ने बानीको विकास गर्न, समाजमा मिलेर बस्ने वातावरण सिर्जना गर्न, नेतृत्व तथा क्षमता विकास गर्न, आन्तरिक पर्यटन प्रवद्र्धन बढाउन, समाजमा विद्यमान छुवाछुत लगायत विकृति विसंगतीको अन्त्यका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै जिसीले सहकारीको सकारात्मक कुरा बाहिर आउन नसकेको गुनासो गर्नु भयो । सहकारीले गरेका राम्रा कुराको प्रवद्र्धन गर्न तथा कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सके सहकारीमार्फत समाजमा आर्थिक तथा सामाजिक रुपान्तरण छिटो हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख सन्तोष घिमिरे, महेन्द्र मावि भलामका व्यवस्थापन समितिका अध्यक्ष सुशिल बस्नेत, नेपाली कांग्रेस वडा सभापति तिलबहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्षहरु कृष्णबहादुर केसी र चित्रप्रसाद लामिछाने, चौतारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर नेपाली, वडा स्तरीय कृषि संयन्त्रका संयोजक रामबहादुर हमाल ठकुरी, संस्थाका सल्लाहकार नन्दबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष ढाकामोहन सुवेदीले प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक भरतबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक उत्तमबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्म्त पारित गरेको छ ।
साधारणसभा संस्थाका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष रमनबहादुर बस्नेतको स्वागत र सञ्चालक सदस्य उत्तम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

पोखरा महानगरपालिका वडा नंं। ११ र २०, मादी गाउँपालिका कार्यक्षेत्र रहकेो संस्थामा हाल १ हजार १५ जना शेयर सदस्य, ३ करोड ५६ लाख शेयर पूँजि, ७ करोड ३५ लाख बचत, १५ करोड ६३ लाख कर्जा लगानी रहेको व्यवस्थापक उत्तम बहादुर बस्नेतले जानकारी दिनुभयो । संस्थाले सदस्यहरुका लागि रासायनिक मल, विउ लगायत पशुधन तथा बाली नोक्सानी व्यवस्था लगायतका काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *