धौलागिरी अस्पतालका अध्यक्ष सहित ९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

साविक धौलागिरी अञ्चल सदरमुकाम बागलुङ स्थित धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा शुक्रबार धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, उहाँकी ६५ बर्षिया श्रीमती र २७ बर्षिय छोरालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

यसैगरी, बागलुङ नगरपालिका वडा नम्बर १ का २३, २२, ७१, २७ र २७ वर्षका पाँच जना पुरुष, ६५ बर्षिया महिला, २३ र २२ बर्षिय दुई पुरुष विद्यार्थी, २७ बर्षिय शिक्षक, बानपा–३ का ५४ बर्षिय एक जना पुरुष व्यवसायीलाई वडा नम्बर ३ का ५४ बर्षिय एक जना पुरुष,३८ बर्षिया महिला, वडा नम्बर २ का ४१ बर्षिय पुरुष, बानपा–२ का ४१ बर्षिय पुरुष र बानपा–३ की ३८ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *