राजावादी, प्रर्दशन र संकेत

सम्पादकीय
राजतन्त्र अन्त्य भएको एक दशक बढी समय बित्यो । नेपालमा लामो समय राज गरेको राजतन्त्र पुरानो बिरासत गुमाउदै ढल्नुका पछाडी धेरै कारण थिए । समाजमा नागरिकको जीवन स्तर यथावत अवस्थामा रहनु, परिवर्तन प्रतिको नागरिकको अपेक्षा र आशक्तिलाई पूर्णतः बेवास्ता गर्नु, शासन भनेको सेवा होइन, शोषण हो भन्ने प्रवृत्तिबाट ग्रस्त भएर अघि बढ्दाको परिणाम सायद अन्त्य हुनु रहेछ । त्यो घटनाक्रमले पनि पुष्टि गरिसकेको छ । कुनै समय यस्तो थियो, जुन समय राजा महाराजा भने पछि आम मानिसहरु नतमस्तक हुन्थे, जयजकार गर्थे । तर, ६० को दशकसँगै यस्तो समय आयो, जुन समयको गतिले राजतन्त्रलाई राजदरबारबाट निर्मल निवासमा पुगे ।

१० वर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनसँगै तत्कालिन राजा ज्ञानेन्द्र शाहीले गद्धि त्याग गर्न बिवश बने । त्यस लगत्तै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र वर्षौदेखि शासनको बागडोर सम्हाल्दै आएको राजतन्त्र अन्त्य भएको घोषणा गरियो । अहिले देशमा संघीय गणतन्त्रात्मक शासन प्रणाली अनुसार तीन तह –केन्द्र, प्रदेश र स्थानीय तह-को सरकार सञ्चालनमा छ । जसले आम नागरिकको विकास, परिवर्तन र समृद्धि प्रतिको तिव्र महत्वकांक्षालाई सम्बोधन गर्ने क्रममा त छ । तर, अपेक्षाकृत काम र गतिविधि भने हुन सकेको छैन । यसमा अझ बिडम्बनाको बिषय के छ भने सत्ता सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादले फुट तर्फ उद्धत छ । यही बेलामा सरकार इतरको नागरिक सेन्टिमेन्ट बटुल्ने प्रयास बिभिन्न समूहबाट भइरहेको छ । यसको पछिल्लो उदाहरण राजाबादीको बिरोध र प्रर्दशन हो । जनआन्दोलनको झल्को दिने गरी पछिल्लो साता राजतन्त्रको वकालत गर्दै गण्डकी प्रदेश राजधानी पोखरा सहित धनगढी लगायतका स्थानमा बृहत प्रर्दशन भए । देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरियो । भलै समग्र नेतृत्व र व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नै गरेको देखियो ।

राजावादी र राजतन्त्रको बिषय र बहस पुरानो भइसकेको थियो अर्थात यो म्याद सकिएको औषधि जस्तो रुपमा हेर्न थालिएको थियो । राजतन्त्रको वकालत गर्ने राजनीतिक पार्टीहरु राप्रपा, राप्रपा नेपाल लगायतले पनि एजेण्डा छोड्ने अवस्था बनेको थियो । तर, पछिल्लो साता पर्दा अघि र पछि जो सुकै नेतृत्व र सहभागी भएर गरे पनि जुन हिसावले राजतन्त्रको वकालत गर्दै खुलमखुल्ला बृहत बिरोध प्रर्दशन गरियो । यसले अवश्य सामान्य संकेत गर्दैन । यसले वर्तमान व्यवस्थालाई नै ठाडो चूनौती दिएको छ । यसमा वर्तमान सत्ता सञ्चालक,कर्मचारी तन्त्र जिम्मेवार छन् र हुनुपर्छ । यसो हुनुमा के कस्ता कमिकमजोरीहरुले मार्ग प्रशस्त गरेका छन् । यो पाटोमा पनि सरकार, नेकपा र अरु गणतन्त्रका हिमायती दाबी गर्नेहरुले गम्भीरतापूर्वक सोच्नुपर्छ र आवश्यक कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *