बागलुङ नगरपालिका र तमानखोलामा किन शुरु भएन अस्पताल निर्माण ?

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका चार पालिकामा एक साथ आधारभूत अस्पताल निर्माण शलिान्यास भएपनि दुई पालिकामा भने जग्गा विवादका कारण अस्पताल शिलान्यास हुन सकेन ।

नेपाल सरकारले सोमबार एक साथ ३९६ आधरभूत अस्पताल शिलान्यास गर्ने अभियान अन्र्तगत बागलुङ जिल्लामा शिलान्यासको सूचीमा परेका छ अस्पताल मध्ये चार अस्पतालको शिलान्यास गरिएको छ भने दुई अस्पतालको शिलान्यास अन्योलमा परेको छ ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नका लागि बागलुङ जिल्लाको बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने गरी एक साथ शिलान्यास गर्ने भनेपनि जम्मा चार अस्पतालकोे मात्रै शिलान्यस भएको छ ।

बागलुङ नगरपालिकाको पैयुपाटा स्वास्थ्य चौकीमा निर्माण हुँने १५ शैयाको अस्पताल आन्तरिक समस्याका कारण आज शिलान्यास गर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । जग्गा विवादका कारण अस्पताल शिलान्यास हुन नसकेको बताउनुभयो ।

“पैयुपाटामा अस्पताल बनाउने कुरा थियो बजेटको अख्तियारी आउदा मुलपानी भनेर आयो” नगरप्रमुख पौडेलले भन्नुभयो “स्वास्थ्य मन्त्रालयले सच्चाएर पठाएपछि काम अगाडी बढ्दछ ।” दश पालिका मध्ये छ पालिकामा अस्पताल शिलान्यस गर्नेगरी बजेट पठाएको थियो । चिठी एक ठाउँमा अर्को ठाउँमा अख्तियारी आएका कारण शिलान्यस गर्न समस्या भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यस्तै तमानखोला गाउँपालिका स्थित बोङ्गादोभान स्वास्थ्यचौकीमा निर्माण हुँने पाँच शैयाको अस्पताल यही मंसिरको २२ गते मात्रै शिलान्यस गरिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । तमानखोला गाउँपालिकामा समेत जग्गा व्यवस्थापनका लागि केही ढिलो भएको गाउँपालिकाले जनाएको छ ।

बागलुङका ६ स्थानीय तहमा पाँच, दश र पन्ध्र शैयाको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्विकृत गरी निकासा गरीे पठाइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *