बागलुङका चार पालिकामा अस्पताल शिलान्यास

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका चार पालिकामा एक साथ आधारभूत अस्पताल निर्माण शलिान्यास गरिएको छ । नेपाल सरकारले सोमबार एक साथ ३९६ आधरभूत अस्पताल शिलान्यास गर्ने अभियान अन्र्तगत बागलुङ जिल्लामा शिलान्यासको सूचीमा परेका छ अस्पताल मध्ये चार अस्पतालको शिलान्यास गरिएको छ भने दुई अस्पतालको शिलान्यास अन्योलमा परेको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालयले बागलुङ जिल्लाका ६ पालिकामा अस्पताल निर्माण गर्नका लागि बजेट समेत निकासा गरेको छ ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नका लागि बागलुङ जिल्लाको बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने गरी एक साथ शिलान्यास गर्ने भनेपनि जम्मा चार अस्पतालकोे मात्रै शिलान्यस भएको छ ।

बागलुङ नगरपालिकाको पैयुपाटा स्वास्थ्य चौकीमा निर्माण हुँने १५ शैयाको अस्पताल आन्तरिक समस्याका कारण आज शिलान्यस गर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । जग्गा विवादका कारण अस्पताल शिलान्यास हुन नसकेको बताउनुभयो । “पैयुपाटामा अस्पताल बनाउने कुरा थियो बजेटको अख्तियारी आउदा मुलपानी भनेर आयो” नगरप्रमुख पौडेलले भन्नुभयो “स्वास्थ्य मन्त्रालयले सच्चाएर पठाएपछि काम अगाडी बढ्दछ ।” दश पालिका मध्ये छ पालिकामा अस्पताल शिलान्यस गर्नेगरी बजेट पठाएको थियो । चिठी एक ठाउँमा अर्को ठाउँमा अख्तियारी आएका कारण शिलान्यस गर्न समस्या भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यस्तै तमानखोला गाउँपालिका स्थित बोङ्गादोभान स्वास्थ्यचौकीमा निर्माण हुँने पाँच शैयाको अस्पताल यही मंसिरको २२ गते मात्रै शिलान्यस गरिने तमानखोला गाउापालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । तमानखोला गाउँपालिकामा समेत जग्गा व्यवस्थापनका लागि केही ढिलो भएको गाउँपालिकाले जनाएको छ ।

बागलुङका ६ स्थानीय तहमा पाँच, दश र पन्ध्र शैयाको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्विकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङक अधिकृत सुर्य बहादुर खड्काले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्ड समेत पठाइएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको ग्वालिचौर स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल संघीय सासद मन कुमारी केसीद्वारा, बरेङ गाउँपालिकाको हुग्दीशिर स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माद्वारा, ताराखोला गाउँपालिकाको अर्गल स्वास्थ्य चौकीमा पाँच शैयाको अस्पताल गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनद्वारा र निसीखोला गाउँपालिका–४ मजुवाफाँटमा १० शैयाको अस्पताल गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले शिलान्यास गर्नुभएको छ ।

अस्पताल निर्माणका लागि स्थानीयतहले जग्गा व्यवस्थापनमा भूमिका खेलेको थियो । अस्पताल निर्माणमा सहजीकरण तथा प्राविधिक सहयोग गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सव सेवा महाशाखामा प्रमुख डा. राम बहादुर केसीले जानकारी दिनुभयो । अस्पताल बनाउन न्यूनतम प्रत्येक पालिकामा ७ रोपनी जग्गा व्यवस्थापन आवश्यक हुन्छ । अस्पतालको नक्सा लगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ ।

अहिलेसम्म अस्पताल नभएका ३९६ स्थानीय तहमा ५, १० र १५ शैयाको आधारभूत अस्पताल बनाउने अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिसकेको छ । सबै अस्पताल एकै डिजाइनमा निर्माण हुनेछन् भने दुई वर्षभित्र सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *