काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे हुँदै

सुवास गौतम, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे गर्न थालिएको छ । स्थानीयतहमा अहिले धमाधम सडक विस्तार स्तरोन्तीको काम भइरहेको सन्र्दभमा गाउँपालिकामानै पहिलोपटक सडक कालोपत्रेको थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

बागलुङ जिल्लाका अधिकांस स्थानीय तहले पालिकाको केन्द्र देखि वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्ने योजना अनुसार सडक स्तोन्नती गर्दै आएका छन् । स्थानीय तहको केन्द्र देखि वडा कार्यालय सम्मको सडक विस्तार र स्तरोेन्नती भइरहेको समयमा जिल्लाको काठेखोला गाउँपालिकाको केन्द्र बाट वडा नम्बर ७ रेश पुग्ने सडक कालोपत्रे गर्न थालिएकोे छ ।

मङ्सिर मसान्त सम्म गाउँपालिकाको कार्यालय देखि एक्लेखेत सम्मको ४०० मिटर सकड कालोपत्रे भइसक्ने र वडा कार्यालय सम्म पुग्ने चार किलोमिटर सडकमा कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “दुई हप्ता भित्रै गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे हुँनेछ, यो सुखद् सन्देश हो”अध्यक्ष थापाले भन्नुभयो “सोही सडकको थप चार किलोमिटर सडक कालोपत्रेका लागि तीन महिना देखि धमाधम पूर्वाधारको काम भइरहेको छ ।” गण्डकी प्रदेश सरकारको रु. ८० लाखमा पहिलो चरण्मा सडक कालोपत्रे थालिएको छ । उक्त कालोपत्रे कोरोना तथा बर्खाका कारण रोकिएको थियो ।

यस्तै संघीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माण भइरहको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँले गाउँपालिकामानै पहिलोपटक रेश पुग्ने सडकबाट कालोपत्रेको काम थालिएको बताउनुभयो । “गाउँपालिका भित्र पहिलो पटक सम पुरक बजेटको रकमले रेश जाने सडक कालोपत्रे हुन थालेको छ,” लामिछानेले भन्नुभयो “कम्तिमा वडा कार्यालयसम्म कालोपत्रे पु¥याउने योजना साकार हुने देखिएको छ ।”

रु. ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चारमहिना अगाडी जोसी÷निसान÷आचार्य जेभी निर्माण सेवा संग ठेक्का सम्झौता गरी निर्माण अगाडी बडाइएको छ । उक्त सडक २०७९ जेठ २६ सम्म कालोपत्रे भइसक्नुपर्ने छ । अहिले एक्लेखेत देखि जिरेदी सम्म सडक चौडा पार्ने, ज्याविन चिन्ने जस्ता कार्य भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा वर्खाका यातयातका साधन चल्न नसक्ने समस्यालाई मध्यनजर गर्दै गत वर्ष देखि मोटरेबल पुल समेत निर्माण थालिएको छ ।
गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । ४ किलोमिटर, ड्रेन, कल्र्भट, पर्खाल लगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक ६ मिटरको चौडाई हुनेछ । रेश जाने सडक झण्डै साढेचार किलोमिटर कालोपत्रे हुने र खोलामा मोटरेबल पुल जस्ता विकास निर्माण हुँदा स्थानीयहरु उत्साहित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *