दन्किरह्यो आगो, आएन दमकल

आदर्श अनलाइन, बागलुङ

मंगलबार साँझ बागलुङ जिल्ला सदरमुकाम स्थित कपास उद्योगमा आगलागी भयो ।

आगलागीबाट कपास उद्योग पूर्ण रुपमा क्षति भयो । जिल्ला सदरमुकाम स्थित बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमै आगलागी हुँदा समेत आगलागी नियन्त्रणमा आउन सकेन ? कारण थयो दमकल नपुग्नु । कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकामै विप्द प्रहरी, शसस्त्र प्रहरी बल र दमकल हुँदा हुँदै पनी आगो नियन्त्रण्मा नआउदा बजारबासी आक्रोसित भएका छन् ।

बागलुङ नगरपालिकाको दकमल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकाम भीत्रै यति ठूलो क्षति हुने थिएन । अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै रु.१५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कपास उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्ण रुपमा जलेर नष्ट भएको रेग्मीले बताउनुभयो । आगो एक घण्टापछी उद्योग पूर्ण रुपमा क्षति भएपछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणको भरपर्दो माध्यम रहेको दमकल आउन नसक्दा आगलागी नियन्त्रणमा आउन समय लागेको प्रहरीको भनाई रहेको छ । प्रहरी र सेनाले आगो अनियन्त्रित मात्रै हुँनबाट बचाए ।

“शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउथे” सूचना अधिकारी रेग्मीले भन्नुुभयो “अहिले नगरपािलकाले आफ्नो दकमल भन्दै लग्यो, आगलागीमा चालक नभएको, बिग्रेको जस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।”

प्रहरीले दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुँने बताएको छ । आगलागी हुँदा साथ नगरपालिकाको दमकललाई खबरगरेपनी चालक सम्र्पकमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक बिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । कपास उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

आगलागीका घटनामा बोलाउदा नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताउनुभयो । “दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल व्यारेक तथा प्रहरी भित्र राख्नु पर्दछ” शर्माले भन्नुभयो “नत्र दमकल तोडफोड हुँने तथा बिग्रने समस्या आउछ, बिग्रको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइदैन ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताउनुभयो । “मैले मर्मतका लागि हेटौडाबाट सामाग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दाछौं ।”

पम्प बिग्रेको भएपनि पानी निकालेर छ्याप्न सकिने भन्दै चालक सम्र्पकमा नआएपछि नगरपालिकाले बिग्रेको भनेको स्थानीयको आरोप रहेको छ । चालक सम्र्पकमा नआएको विषयमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले चालकलाई तत्कालै कार्वाही गर्ने जिकिर गर्नुभयो । दमकल बिग्रेको भएपनि चालक सम्र्पकमा नहाउनु गैरजिम्मेवारी भएको भन्दै नगरप्रमुख पौडेलले चालकलाई कडा कार्वाही गर्न निर्देशन दिइसेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *