सिकारमा कोरोना प्रभाव : जम्मा एक झारल र एक नाउरको सिकार

आदर्श अनलाइन, बागलुङ
कोरोना कहरले बागलुङको सिकार पर्यटन खस्किएको छ । कोरोना नहुन्थ्यो भने बागलुङ जिल्लाको ढोरपाटन शिकार आरक्षमा विदेशी शिकारीको चहल पहल हुन्थ्यो ।

यस वर्षको पहिलो शिकार याममा कारेनाका कारण विदेशी सिकारी कम आउदा जम्मा एक झारल र एक नाउरको मात्र सिकार भएको छ ।

कोरोना अगाडी धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै शिकार आरक्षण ढोरपाटन शिकार आरक्षणमा बागलुङमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारलको मात्रा सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

कोरोना त्रासले गत वर्षको चैत देखि शिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो सिजनमा तोकिएको एक झारल र एक नाउरको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेपनी कोरोना कहरका कारण एउटा कम्पनीलेमात्रै आवेदन दिएपछि यस वर्ष सिकार पर्यटन घटेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो । अन्य कम्पनीहरुले नेपालमा कोरोनाका कारण देखाउदै सिकार गर्न नआएका हुन् । शिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार भएको हो । विभागको अनुमतीमा आएका सिकारीहरु मंसिर ५ गतेदेखि ९ गते सम्म उक्त ब्लकमा गएर एक नाउर र एक झारलको सिकार गरिएको हो ।

गत वर्षको दोस्रो सिकार याममा कोरोना महामारीका कारण १० नाउर र ५ झारलको शिकार अनुमतिमै सिमित हुन पुगेको थियो । कँडेलका अनुसार कोरोनाका कारण विदेशी शिकारी नगन्य मात्रमा आउदा राजश्व घटेर शुन्य जस्तै भएको छ ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिकलेमात्रै यस पटक ढोरपाटनमा सिकार गरेका हुन् । विदेशी शिकारीले नाउरको लागि रु.एक लाख ६० हजार र झारलको लागि रु. ९० हजार मात्रै राजश्व बुझाएका थिए ।

प्रतिस्प्रधा नहुँदा नाउर र झारलको शिकार मुल्य निकै घटेर गएको छ । अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार थालेपछि चार दिनमै सिकार सकेर फर्केको आरक्षण कारार्यालयले जनाएको छ ।

आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, लगायतका देशबाट धनाढ्य शिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका थिए ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका थिए । कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् ।

आरक्षणमा असोज–मंसिर पहिलो र फागुन– बैशाख दोस्रो याममा शिकार हुँने गरेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *