आदर्शका संस्थापक अध्यक्ष तथा सांसद केसीलाई मातृशोक

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारीका संस्थापक अध्यक्ष तथा संघीय सांसद मन कुमारी केसीलाई मातृशोक परेको छ ।

धौलागिरीकै पहिलो सञ्चार सहकारीको तीन कार्यकाल नेतृत्व गर्नुभएका र हाल संघीय सांसद रहनुभएका मनकुमारी केसीका ममतामयी आमा हरीखला खत्रीको ७७ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष सांसद मनकुमारी केसी र संस्थाका शेयर सदस्य गंगा के.सी.की ममतामयी आमा, शेयर सदस्य राम बहादुर जिसीको सासुआमा, सन्ध्या जिसी र आर्यन जिसीकी हजुरआमा तथा संस्थाका जेष्ठ शेयर सदस्य (पेन्सन प्राप्त) आदरणीय आमा हरिकला खत्रीको दुःखद निधन भएको हो ।

२००१ भदौं ४ गते जन्मनुभएका हरीखला खत्रीको बुधबार साँझ बागलुङ नगरपालिका–३ गुठीमा निधन भएको परिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *