चाडबाडलाई सामाजिक सद्भावका रुपमा मनाऔ: सांसद जि.सी

सरु थापा, बागलुङ

प्रतिनिधिसभाका सदस्य मनकुमारी जिसी केसीले चाडपर्वहरुलाई आपसी सद्भाव कायम गर्ने अवसरका रुपमा लिनु पर्नेमा जोड दिनु भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले कोजाग्रत पूर्णिमाका अवसरमा आइतवार आयोजना गरेको संस्थागत सामुहिक टिका ग्रहण कार्यक्रममा बोल्दै सांसद जिसीले यस्तो बताउनु भएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्लाका सहइन्चार्ज समेत रहनु भएकी सांसद केसीले चाडपर्वलाई परम्पराका नाममा गलत क्रियाकलापलाई बढावा दिने गरी मनाउन नहुने बताउनु भयो ।

समाज रुपान्तरणका लागि सहकारीको योगदानको चर्चा गर्दै उहाँले सहकारीले आर्थिक क्रियाकलापसंगै समाजमा मिलेर बस्ने, सहकार्य गर्ने परम्पराको थालनी गरेको बताउनुभयो । सूचना र सञ्चारको क्षेत्रमा काम गर्ने लक्ष्यका साथ साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेकी सांसद जिसीले आदर्श सञ्चार सहकारीले शुरुवातदेखि नै समाजमा विपत्तीमा परेकाहरुको सहयोगका लागि निरन्तर सहयोग र समन्वय गर्दै आएको बताउनुभयो ।

संस्थाले स्थापना गरेको आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित गर्दै दुखी गरिबहरुको सहयोगी कोषका रुपमा अगाडि बढाउनु पर्नेमा उहाँको जोड थियो । संस्थाले २०८५ सालसम्म १ करोड पु¥याउने गरी हाले आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ ।

सामुहिक टिका ग्रहण कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष जिसी, उपाध्यक्ष खड्का र सल्लाहकार डिलबहादुर कार्कीले संस्थाका सञ्चालक, कर्मचारी लगायतले टिका लगाएर शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *