अब तमानखोलामा बाह्रैमास सवारी संचालन हुने

आदर्श अनलाइन, बागलुङ
जिल्लाकै दुर्गम मानिएको तमानखोलामा अब बाह्रैमास सवारी सञ्चालन हुने भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङले स्तरोन्नती गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुल अहिले एकैसाथ धमाधम निर्माण भइरहेको छ । यो दुवै पुल बने पछि बर्खायाममा दुई वटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नु पर्ने बाध्यता अन्त्य हुने भएको छ ।

उक्त सडकको लुकरवन खोलामा धमाधम पुल निर्माण भइरहेको छ भने र भालुवाङ खोलामा हालै पुल निर्माण सुरु भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसंगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ ।

बुर्तिवाङबाट तमानखोला सम्मको ९.८ किलोमिटर सडक निर्माण गर्नका लागि २०७५ वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु.१७ करोड ९ लाखमा सडक निर्माण सम्पन्न गरी हस्तान्तरणको चरणमा रहेसँगै उक्त खण्डमा पक्की पुल निर्माणले गति लिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो ।

भुकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुर्ननिर्माण गर्ने आयोजानाले यो सडक निर्माणसँगै पुल निर्माण भइरहेको आयोजनाका इन्जिनियर हरिशचन्द्र बडुले जानकारी दिनुभयो । “सडक हस्तान्तरणको तयारीमा छौं, सडकको निर्माण सम्पन्न भएसँगै उक्त सडकमा पर्ने दुई स्थानमा मोटरेवल पुल निर्माण थालिएको छ” बडुले भन्नुभयो “लुकुरबनको मोटरेवल पुल ५० प्रतिशत सकिएको छ, त्यस्तै भालुवाङ खोलाको पुल निर्माण शुरु भएको छ ।”

बडुका अनुसार, कोरोनाका कारण लुकुरबनको पुल निर्माणमा ढिलाई भएको थियो । अहिले दुवै पुल धमाधम निर्माण भइरहेका छन् । रु.बजेट ३ करोड ६६ लाखमा निर्माण भइरहेको लुकुरवन खोला पुल २०७८ वैशाखमा सक्ने गरी काम भइरहेको छ । मंसिर २०७६ बाट शुरु भएको उक्त पुल २५ मिटर लम्बाई र ८.५ मिटर चौडाईको रहने पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदिप÷जुम्ली जेभीले जनाएको छ ।

९ महिनामा सक्ने गरी २०७७ असोज १२ गते निर्माण शुरु भएको भालुवाङ खोला मोटरेबल पुल निर्माणले तिब्र पाइरहेको छ । रु. ४ करोड ४२ लाखमा नयाँबाटो÷सूर्योदय÷ बी.एक जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाई र ८.५ मिटर चौडाई छ ।

बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षण भरमै पुग्न थालेपछि स्थानीयलाई आवत–जावत सहज भएको मात्रै छैन अव वर्खामा समेत यातयातका साधन सञ्चालनमा आउने भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल लोकमार्ग र त्यसपछि १० किलो मिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र सम्म पुग्न सकिन्छ । पुल नहुँदा वर्खाको तीन महिना यातयातका साधन ठप्प हुँदै आएका थिए ।

ट्रयाक निर्माण पश्चात बुर्तिवाङ देखि तमानखोला सम्म निकै सास्ति पूर्ण करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माण संगै २५ मिनेटमै सररर तमानखोलाको केन्द्र पुग्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *