पुस १८ मा हुने भयाे बागलुङ उद्योग वाणिज्य संघको साधारण सभा

राजेशचन्द्र राजभण्डारी, बागलुङ 
बागलुङ उद्योग वाणिज्य संघको १५ औ बैठकले कोरोना भाइरस कोभिड १९ को कारणले प्रभावित बागलुङ उद्योग बाणिज्य संघको ५७ औ साधारणसभा पुस १८ गते बागलुङ सदरमुकाम गर्ने निर्णय गरेको छ ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा कोरोनाको कारण लकडाउनको बेला घर भाडा छुट दिने व्यक्तिलाई सम्मान गर्ने तथा एक वर्षको अवधिमा उद्योग वाणिज्य संघलाई सहयोग गर्ने व्यवसायीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

संघले उद्ममी व्यवसायी कल्याणकारी अक्षयकोष ५ लाखको, महासंघका पूर्व अध्यक्ष रामनारायण श्रेष्ठ स्मृति कोष १ लाख बागलुङ उद्योग बाणिज्य संघ, आर्थिक खोज पत्रकारिता कोष दुई लाख २२ हजार दुई सय २२ को भएको छ ।

सिसि क्यामरा मर्मत संभार गर्न एक लाख बजेट छुट्टाइएको बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

बागलुङ उद्योग वाणिज्य संघको अक्षयकोषमा अहिलेसम्म २० लाख पुगेको ।धौलागिरि बहुमुखी क्याम्पस अध्ययन गर्ने बिद्यार्थी लाई सहयोग गर्न ५ लाखको कोष बनाउने काम भएको प्रेस सल्लाहकार राजभण्डारीले बताए ।

पुस १८ शनिबार हुने साधारणसभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष लगायतका नवनिर्वाचित पदाधिकारी लाई सम्मान गर्ने बैठकले निर्णय गरेको महासंघका महासचिव नरेश कडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *