गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६६ पुग्यो

आदर्ह अनलाइन, बागलुङ
पोखराका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ पुरुषको शनिबार बिहान र १ महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८० वर्षे वृद्ध, पोखरा १७ का ५७ वर्षे पुरुष र पोखरा ११ की ७२ वर्षे महिला छन् ।

पोखरा ११ र पोखरा १२ का संक्रमितको फिस्टेल अस्पतालमा मृत्यु भएको हो । अर्का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा १७ का मृतकमा निमोनिया, मधुमेह र पोखरा १२ का वृद्धमा निमोनिया र उच्च रक्तचापको समस्या थियो । अर्की महिलामा निमोनियाको समस्या थियो । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *