बानपा–३ मा आगलागी, खाद्यान्न पसल जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ
बागलु नगरपालिका वडा नम्बर ३ तातोपानीमा आगलागी हुँदा खाद्यान्न पसल जलेर नष्ट भएको छ ।

शनिबार राति सवा ११ बजे स्थानीय ४४ वर्षीया अनिता किसानको पसलमा आगलागी हुँदा टिनले छाएको खच्ची घरसहित एक तोला सुन र पसलका सामानहरु नलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आगलागीमा मानवीय क्षति भने नएको प्रहरीले जनाएको छ । रातको समयमा पसलमा कसरी आगलागी भयो भन्ने नखुलेको प्रहरीको भनाई छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण नआएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *