पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट पोखराको मणिपाल शिक्षण अस्पताल र चरक मेरोरियल अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित पोखरा-१७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको पोखरा फूलवारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा आइतबार बिहान ५.२० बजे मृत्यु भएको हो । मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भई मणिपालमा उपचाररत महिलामा स्वासप्रस्वासको समस्या समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले बताउनुभयो ।

त्यस्तै कोरोना संक्रमित लमजुङ बेँसीशहर नगरपालिका -११ निवासी ४३ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । यही मंसिर ९ गते कोरोना संक्रमण पुष्टिभई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत महिलाको शनिवार राति मृत्यु भएको हो । उहाँमा सुगर सहितको दीर्घ रोग समेत रहेको बताइएको छ ।

त्यसैगरी कोेरोना संक्रमणकै कारण पोखरा–१७ का ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । यही मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भई पोखराको चरक मोमोरियल अस्पतालमा उपचाररत युवाको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *