सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा राजभण्डारी

आदर्श अनलाइन, बागलुङ
नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिवेशनको उदघाट्न गदै संघका पूर्व अध्यक्ष मनकाजी विश्वर्कमाले कोरोना कहरले सुनचाँदी व्यवसाय धरासायी र कठिन अवस्थामा रहेको बताए ।

उनले यस कठिन अवस्थामा व्यवसायलाई सुदृढ बनाउन संघले योजना सहित अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सुनचाँदी ब्यबसायी सुदेश राजभण्डारीले सरकारले व्यवसायीको माग अनुसार सुनको आपुर्ति नगर्दा व्यवसायीलाई सधै सास्ती भएको र व्यवसाय संचालनमा असहज भएको बताए ।

अधिवेशनले युवराज राजभण्डारीको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा कविराज सुनार, उपाध्यक्षमा आदार राजभण्डारी, सचिवमा परशुराम विश्वाकर्मा, सहसचिवमा राजेन्द्र विश्वकर्मा, कोषाध्यक्ष अनिश खाती, र सह–कोषाध्यक्ष राजेन्द्र विश्वकर्मा रहेका छन ।

त्यसैगरी समितिको सदस्यहरुमा मन बहादुर विश्वकर्मा,अशोक सुनार, भक्त विश्वकर्मा, सिता राजभण्डारी, विष्णु प्रसाद विश्वकर्मा, र धना सुनार रहेको कोषाध्यक्ष अनिश खातीले जानकारी दिए ।

अधिवेशन पश्चात नवनिर्वाचि अध्यक्ष राजभण्डारीले जिल्लाको सुनचाँदी व्यवसायीलाई सरल र सहज बनाउने प्रतिवद्धता व्यक्त गरे ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका राजभण्डारीले आफु विगत देखी वर्तमान सधै व्यवसायीकै हक हितमा काम गर्ने बताए ।

कार्यक्रम अध्यक्ष ओमबहादुर विश्वकर्माको अध्यक्षता र सहसचिव कविराज सुनारको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *