गण्डकीका ९९ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच

आदर्श अनलाइन, काठमाडाैँ
मुलुकका सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका घरपरिवारमा विद्युत् पहुँच रहेको र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको पाइएको छ ।

गण्डकीका ९८.९ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच छ भने कर्णालीमा ४४.९ प्रतिशतमा मात्र विद्युत् सेवाको पहुँच पुगेको छ । केन्द्रीय तथ्यांक विभागको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार ८९.९ प्रतिशत नेपाली घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ ।

यस्तै, नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा स्थिर टेलिफोन वा मोवाइल फोन गरि टेलिफोन सुविधाको पहुँच रहेको छ । प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश ९९८.० प्रतिशत० र सबैभन्दा कममा कर्णाली प्रदेश ९९३.६ प्रतिशत० रहेको पनि केन्द्रीय तथ्यांक विभागद्वारा गरिएको नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ ले देखाएको छ ।

सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४.१ प्रतिशत महिलाले हप्तामा कम्तिमा एकपटक तीनवटै प्रकारका पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने पाइएको छ ।

सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरेको पाइएको छ । साथै, इन्टरनेटको प्रयोगमा पनि प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइएको छ ।

विभागका अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९।३ प्रतिशत महिलाहरूसँग आफ्नै मोबाइल फोन रहेको छ भने ९२।४ प्रतिशत महिलाहरूले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिन्छ ।

त्यसैगरी सोही उमेर समूहका पुरुषमध्ये ९१।४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ । गत तीन महिनामा ९६।८ प्रतिशत पुरुषहरूले मोबाइल प्रयोग गरेको देखिन्छ ।

नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप केन्द्रीय तथ्यांक विभागद्वारा आ।व। २०७५र७६ मा नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको थियो ।

यो सर्वेक्षण नेपालको तेस्रो हो । यसबाट स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने तथ्यांकहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरू तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न ठोस योगदान पुग्ने विश्वास विभागले गरेको छ ।

सर्वेक्षणमा तथ्यांक संकलनको लागि नेपालभर ५१२ गणना क्षेत्रहरूमध्ये सहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएको विभागले जनाएको छ । यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *