काठेखाेला-७ रेशमा ट्याक्टर दुर्घटना हुँदा एक युवा घाईते

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश मा मंगलबार विहान ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

रोकि राखेको रा १ त ३३६३ नम्बरको ट्याक्टर अचना दुर्घटना हुँदा सडकमा काम गर्दै गरेका सल्यानकाे बाघचौर नगरपालिका वडा नम्बर २ का १९वर्षीय एक युवा घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक प्रहरी निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।

घाईते युवकलाई स्थानीयहले उद्धार गरि उपचारको लागि बागलुङ पठाएकाे प्रहरीले जनाएकाे । घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जानकारी खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *