पर्यटन मन्त्री लम्सालद्वारा प्याराग्लाइडिङ पूर्वाधार शिलान्यास

आदर्श अनलाइन, बागलुङ

बागलुङको बलेवामा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको हो ।

आज एक कार्यक्रमका बीच बागलुङ नगरपालिका–१३ बलेवा स्थित प्याराग्लाइडिङ उडान (टेक अप)गर्ने स्थान पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको छ ।

शिलान्यास पछि बोल्दै मन्त्री लम्सालले प्याराग्लाइडिङ पर्यटकको महत्वपूर्ण आधार भएको बताउनुभयो । मन्त्री लम्सालले बागलुङ धार्मिक तथा सांकृतिक रुपमा धनी भएको र अव शाहसिक पर्यटन संग जोडिदै गएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले घोषणा गरेका ११० पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणमा आफू लागेको बताउनुभयो ।

बागलुङ नगरपालिका–१३ बलेवा स्थित प्याराग्लाइडिङ उडान (टेक अप) गर्ने र सोही वडाको बहरेमा अवतरण (ल्याण्ड) गर्ने गरी दुई पटक सम्म प्याराग्लाइडिङको सफल परिक्षण गरिएको थियो ।

हावाको वेग मिल्ने र दृश्याअवलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु. २० लाख विनियोजन गरेर पुर्वाधार निर्माण थालेको बलेवा प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदम बहादुर गिरीले जानकारी दिनुभयो ।

संरचना २ महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्य समते अगाडी बढाइने बागलुङ नगरपालिका–१३ वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । प्याराग्लाईडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाईमा रहेको छ ।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, प्रदेश सांसद कृष्ण थापा, सावित्रि राना, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल लगायतले बागलुङको पर्यटन क्षेत्रका लागि आफूहरुले पहल गरिरहेको बताएका थिए ।

मन्त्री लम्सालले बागलुङ नगरपालिका–१० भकुण्डे स्थित अतिथि सत्कार घरवासले निर्माण थालेको पार्कको समेत आज विहान शिलान्यास गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *