सांसद केसीकी आमाको स्मृतिमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
संघीय सांसद मन कुमारी के.सी. जि.सी.की आमा हरिकला खत्रीको निधन भएको ७ औं पूण्य तिथि पारेर बागलुङमा मंगलवार संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ, स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकला थापा, क्षत्री समाजका अध्यक्ष बाबुराज कार्की तथा ओम साकोसका अध्यक्ष रुद्र बहादुर महतले स्वर्गीय हरिकला खत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका जेष्ठ शेयर सदस्य हर्क बहादुर खत्रीकी धर्मपत्नी, संस्थापक अध्यक्ष तथा संघीय सांसद मना केसी र गंगा केसीकी आमा, शेयर सदस्य राम बहादुर जिसीकी सासुआमा, सन्ध्या जिसी र आर्यन जिसीकी हजुरआमा हरिकलाको निधनप्रति दुख व्यक्त गर्दै संस्थाका तर्फबाट प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरिएको थियो ।

शेयर सदस्यको निधनमा प्रदान गरिने १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार गरी २० हजार रुपैया सहित श्रद्धाञ्जली वक्तव्य सांसद केसी र गंगा केसीलाई संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले हस्तान्तरण गर्नु भयो ।

स्वाभिमान सहकारी र क्षेत्री समाजका तर्फबाट स्वाभिमानका अध्यक्ष शिवकला थापाले शोक व्यक्तव्य हस्तान्तरण गर्नु भएको थियो । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *