काँग्रेसले बागलुङमा विरोध सभा गर्ने

आदर्श अनलाईन, बागलुङ
नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले मङ्सिर २९ गते विरोध सभा गर्ने भएको छ ।
बुधबार बागलुङ जिल्ला कार्यसमितले आयोजना गरेको पत्रकार सम्मेलनमा मङ्सिर २९ गते अहिलेको कम्युनिष्ट सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउदै विरोध सभा गर्ने बताएको छ ।

महामारीको समयमा सरकार आन्तरिक किचलोमा फसेको भन्दै सरकारलाई झक–झकाउन विरोध गर्ने केन्द्रिय सर्कुलर अन्र्तगत विरोधसभाको आयोजना गरिएको नेपाली काँग्रेसका सभापती दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

‘सरकार काण्डै काण्डमा फसेको छ, कालोबजारी, अपहरण, हत्या हिंसा बढि रहेको छ’ थापाले भन्नुभयो ‘दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेल माथी दुव्र्यबार भएको छ, हामी भण्डाफोर गर्न कार्यक्रम आयोजना गरेका हौं ।’

बागलुङ बजारमा गरिने विरोधसभा व्यवस्थापनका लागि चार वटा कलस्टर अनुसार जिम्मेवारी तोकिएको छ । सभापती थापाका अनुसार बागलुङ नगरपालिकाको व्यवस्थापनका लागि संविधान सभा सदस्य तथा पूर्व सभापति प्रकाश शर्मा पौडेल, जैमिनी नगरपालिकामा जगदिशचन्द्र उपाध्याय, काठेखोला गाउँपालिकामा होम बहादुर हमाल र गलकोट नगरपालिकामा मणिभद्र शर्मालाई जिम्मेवारी तोकिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकार दिल शिरीष, प्रकास बराल, संघम घर्ती र सुवास गौतमले जिज्ञासा राखेका थिए ।

पत्रकार सम्मेलनमा विरोध सभाका विषयमा नेपाली काँग्रेसका सचिव नवराज शर्माले जानकारी गराउनुभएको थियो भने जगन्नाथ आचार्यको सञ्चालनमा सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *